← समाचारमा फर्कनुस्
Football Sep 24, 2024 · Swadesh

अन्तर वडा फुटसल : वडा १६ र १२ बिच उपाधि भिडन्त

अन्तर वडा फुटसल : वडा १६ र १२ बिच उपाधि भिडन्त

काठमाडौँ । दोस्रो प्रयागराज सिंह सुवाल स्मृति अन्तर वडा फुटसल प्रतियोगिताको उपाधि भिडन्त वडा नं १६ र वडा नं १२ बिच हुने भएको छ।

लैनचौर फुटसल मैदानमा मङ्गलबार भएको पहिलो सेमिफाइनलमा वडा १६ ले वडा नं ६ लाई २–१ ले हरायो। नामोडुल सान्बो लामाको गोलबाट वडा ६ ले अग्रता बनाएको थियो। तर रविन निरौलाले दुई गोल गर्दै वडा १६ लाई फइनलमा पुर्याए। 

दोस्रो सेमिफाइनलमा वडा नं १२ ले वडा नं २ लाई २–० ले पराजित गर्यो। विजयी टिमका लागि दुवै गोल मनोज महर्जनले गरे। 

काठमाडौँ महानगरपालिका वडा नं २३ को आयोजनामा गत असाज १ गते देखि भएको प्रतियोगिताको विजेता टिमले ट्रफीसहित दुई लाख रुपियाँ प्राप्त गर्नेछ। उपविजेता टिमलाई एक लाख रुपियाँ प्रदान गरिनेछ। यसैगरी, विधागततर्फ उत्कृष्ट हुने सर्वश्रेष्ठ खेलाडी, सर्वाधिक गोलकर्ता र सर्वश्रेष्ठ गोलरक्षकलाई जनही दस हजार रुपियाँले पुरस्कृत गरिनेछ। फाइनल बुधबार बिहान ९ बजे हुनेछ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →