← समाचारमा फर्कनुस्
Cricket Apr 27, 2026 · Swadesh

कोलकाता सुपर ओभरमा विजयी

कोलकाता सुपर ओभरमा विजयी

कोलकाता नाइटराइडर्सले इन्डियन प्रिमियर लिग (आईपीएल) मा लखनउ सुपर जायन्ट्समाथि आइतबार सुपर ओरभमा जित निकालेको छ । लखनउमा पहिले ब्याटिङ गर्दै कोलकाताले सात विकेटमा १ सय ५५ रन बनाएको थियो ।


त्यसमा रिन्कु सिंहले ८३ रन बनाए र नटआउट रहे । जवाफमा लखनउले ऋषव पन्तको ४२ रनको मदतले आठ विकेटमा १ सय ५५ रन बनाएको थियो । सुपर ओभरमा लखनउले दुई विकेट गुमाएपछि एक रन मात्र बनाउन सक्यो ।


कोलकाताका लागि रिन्कुले पहिलो बलमै चौका प्रहार गर्दै जित दिलाए । यो नतिजापछि कोलकाता पाँच अंकमा आठौं स्थानमा उक्लेको छ भने लखनउ चार अंकमा दसौं स्थानमा झरेको छ ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →