TODAY
All Scores →
← समाचारमा फर्कनुस्
Cricket May 17, 2026 · Swadesh

गुजरातलाई हराएपछि कोलकाताको सम्भावना जीवन्त

गुजरातलाई हराएपछि कोलकाताको सम्भावना जीवन्त

कोलकाता नाइट राइडर्सले शनिबार इन्डियन प्रिमियर लिग (आईपीएल) २०२६ मा गुजरात टाइटन्सलाई २९ रनले हराएको छ । यो जितसँगै कोलकाताले प्ले अफ खेल्ने सम्भावना जीवन्त राख्यो ।


इडेन गार्डेनमा कोलकाताले पहिले ब्याटिङ गर्दै दुई विकेटमा २ सय ४७ रन बनाएको थियो । ओपनर फिन एलेनले चार चौका र १० छक्काको ३५ बलमा ९३ रन बनाए । यस्तै अंगकृश रघुवंशीिले ४४ बलमा ८२ रन जाडे । त्यसमा चार चौका र सात छक्का सामेल थियो ।


जवाफमा गुजरातले चार विकेटमा २ सय १८ रन मात्र बनाउन सक्यो । कप्तान शुभमन गिलले ८५ र जस बटलरले ५७ रन बनाए पनि त्यसले कोलकातालाई जितबाट रोक्न सकेन् ।


यो जितपछि कोलकाताको १२ खेलबाट ११ अंक भएको छ र सातौं स्थानमा छ । गुजरात भने १३ खेलबाट १६ अंकमै सीमित रहेर दोस्रो स्थानमा रह्यो र उसले  शीर्ष स्थानमा उक्लने मौका गुमायो ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA World Cup — Group B
1 Bosnia-Herzegovina 0 0
1 Canada 0 0
1 Qatar 0 0
1 Switzerland 0 0
सबै समूह →