केएमसी, जेम्स र रेडियन्ट विजयी

काठमाडौं। एसियन ई–लर्निङ ‘जयकुमारनाथ शाह स्मृति यु–१६ इन्टर स्कुल क्रिकेट प्रतियोगिता’ अन्तर्गत बुधबार त्रिवि र मूलपानी मैदानमा सम्पन्न खेलहरूमा केएमसी, जेम्स र रेडियन्ट रिडर्स स्कुलले आ–आफ्नो खेलमा जित दर्ता गरेका छन्।
त्रिवि क्रिकेट मैदानमा केएमसी स्कुलले हिमालयन ह्वाइटहाउसलाई ६ विकेटले पराजित गर्यो। ९० रनको लक्ष्य केएमसीले १३ ओभरमै ४ विकेट गुमाएर पूरा गर्यो। कप्तान बिधान सापकोटाले अविजित ४८ रन बनाए भने अमित कुमार दासले ३ विकेट लिए। लगातार दोस्रो हारसँगै ह्वाइटहाउस प्रतियोगिताबाट बाहिरिएको छ।
यस्तै, माथिल्लो मूलपानी मैदानमा जेम्स स्कुलले अक्षारिका स्कुललाई १२५ रनको फराकिलो अन्तरले हरायो। जेम्सले १४९ रन बनाएपछि अक्षरिका मात्र २४ रनमै अलआउट भयो। जेम्सका प्रचेत नाखोटियाले ३ तथा स्वराज चौलागाईंले ३ विकेट लिए।
त्यसैगरी तल्लो मूलपानी मैदानमा रेडियन्ट रिडर्स स्कुलले नेक्सस इन्टरनेसनल स्कुललाई ४८ रनले पराजित गर्यो। अनिल गुरुङको अविजित शतककाे मद्दतमा रेडियन्टले १७४ रन बनाएको थियो। नेक्सस १२६ रनमा समेटिँदै प्रतियोगिताबाट बाहिरियो।
यी नतिजासँगै केएमसी र रेडियन्टले सेमिफाइनल सम्भावना बलियो बनाएका छन् भने जेम्सले पनि उत्कृष्ट लय कायम राखेको छ।
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 |
Laos Women |
1 | 0 | 0 |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |
Laos Women