TODAY
All Scores →
← समाचारमा फर्कनुस्
Basketball May 03, 2025 · Swadesh

हिमालयन जाभा बास्केटबल लिगमा कीर्तिपुर र हाउण्ड्सको विजयी सुरुवात

हिमालयन जाभा बास्केटबल लिगमा कीर्तिपुर र हाउण्ड्सको विजयी सुरुवात

काठमाडौं । कीर्तिपुरले हिमालयन बास्केटबल लिग (एचजेबीएल) मा विजयी सुरुवात गरेको छ । 

शनिवार कीर्तिपुर कभर्डहलमा भएको खेलमा घरेलु टोलीले सामाखुशी युथ क्लबलाई ८४-५९ को स्कोरले पराजित गर्‍यो । 

कीर्तिपुरले पहिलो क्वाटरमा पछि परेपनि दोस्रो क्वाटरमा पुनरागमन गरेको थियो । तेस्रो क्वाटर सामाखुशीले आफ्नो पक्षमा पारेपनि चौथो तथा अन्तिम क्वाटरमा फराकिलो अग्रता सहित कीर्तिपुरले खेल जितेको हो । 

सुरुवाती अंक जोडेको सामाखुशीले पहिलो क्वाटरमा १२-१० को सामान्य अग्रता लिएको थियो । तर दोस्रो क्वाटरमा कीर्तीपुरले पुनरागमन गर्दै २४-१२ ले आफ्नो पक्षमा पार्‍यो । 

तेस्रो क्वाटर सामाखुशीले २९-२५ ले आफ्नो पक्षमा पारेपनि चौथो क्वाटर कीर्तिपुरले २५-६ ले आफ्नो पक्षमा पार्दै सहज जित हात पारेको हो । 

विजयी टिम कीर्तिपुरका सयुन राई मोस्ट भ्यालुएबल प्लेअर घोषित भए ।

शनिवारै भएको दोस्रो खेलमा हाउण्ड्स एकेडेमीले रोएल्सलाई ८७-७८ ले पराजित गर्दै विजयी सुरुवात गरेको छ । 

हाउण्ड्सले पहिलो क्वाटर २१-१४ ले आफ्नो पक्षमा पार्दै राम्रो सुरुवात गरेको थियो । दोस्रो क्वाटर रोएल्सले पुनरागमन गर्दै २६-२२ ले आफ्नो पक्षमा पार्‍दै हाउण्ड्सलाई टक्कर दिएको थियो ।

तर त्यसपछि तेस्रो क्वाटर २४-१९ र चौथो क्वाटर २०-१९ ले आफ्नो पक्षमा पार्दै हाउण्ड्सले जित हात पार्‍यो । विजयी टिमका विजय बुर्जा मोस्ट भ्यालुएबल प्लेअर घोषित भए । 

लिगमा आइतबार टाइम्स इन्टरनेसनल कलेज र गोल्डेनगेट इन्टरनेसनल कलेजबीच एक मात्र खेल हुनेछ ।

नेपाल बास्केटबल संघ नेबाको आयोजना तथा हिमालयन जाभाको मुख्य प्रायोजनमा सुरु भएको बास्केटबल लिगमा ६ टोलीको सहभागिता छ । 

डबल राउण्ड रोविन प्रणालीमा सञ्चालन हुने लिगका खेलहरु विकेण्डमा खेलाइनेछ । लिगका खेलहरु हरेक शनिवार र आइतबार तथा मंगलबार र बुधबार हुनेछन् । 

नेबाका अध्यक्ष भिम सिंह गुरुङले नेपालमा पहिलो पटक विकेण्ड कन्सेप्टमा लिग आयोजनाको सुरुवात भएको र पहिलो संस्करण परिक्षणको रुपमा रहेको बताए । 

उद्घाटन समारोहमा कीर्तिपुर नगरपालिकाको मेयर कृष्णमान डंगोल र बास्केटल खेल पोशाक सामाग्री उत्पादन गर्ने कमपनी लिनिङ नेपालका प्रमुख राजिन महर्जनको पनि उपस्थिती थियो ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA World Cup — Group B
1 Bosnia-Herzegovina 0 0
1 Canada 0 0
1 Qatar 0 0
1 Switzerland 0 0
सबै समूह →