← समाचारमा फर्कनुस्
Football Jun 09, 2023 · Shishir

रेलिगेसनमा खुमलटार

रेलिगेसनमा खुमलटार

काठमाडौ- जारि सहिद स्मारक 'ए' डिभिजन लिग फुटबलमा चर्च ब्वाइजसंग पराजित हुदा एफसी खुमलटार रेलिगेसन हुदै बी डिभिजनमा झरेको छ।

खुमलटार यसै सिजन बी बाट बढुवा हुदै ए मा आएको टिम हो।

एन्फा कम्प्लेक्समा भएको खेलमा खुमलटार चर्चब्वाइजसंग २-० गोल अन्तरले पराजित भएको हो।

तनावपुर्ण खेलको ४४औँ मिनेटमा मेसुकेले प्रहार गरेको बल चर्चका अनन्तको हातमा लागेको थियो। तर, रेफ्रीले ह्यान्ड बल नदिएपछि खुमलटारका टिम म्यानेजर अञ्जन राना क्षेत्री तथा टिम अफिसियल बुद्धिबहादुर गुरुङ र हरिबोल राउतसहित प्लेअर बक्समा बसेका सबैले आपत्ति जनाए। 

तर, रेफ्री प्रज्ज्वलले कुनै प्रतिक्रिया नदिएपछि अञ्जनसहित सम्पूर्ण अफिसियल र खेलाडी मैदान प्रवेश गरेका थिए।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →