TODAY
All Scores →
← समाचारमा फर्कनुस्
Volleyball May 28, 2026 · Swadesh

काजाकिस्तान फाइनलमा, भारत सोझो सेटमा पराजित

काजाकिस्तान फाइनलमा, भारत सोझो सेटमा पराजित

काठमाडौँ। भारतलाई सोझो सेटमा पराजित गर्दै काजाकिस्तान काभा महिला भलिबल च्याम्पियनसिप २०२६ को फाइनलमा प्रवेश गरेको छ। 


बिहीबार त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा भएको पहिलो सेमिफाइनलमा काजाकिस्तानले भारतलाई ३-० को सेटमा हराउँदै उपाधिनजिक पुगेको हो।


काजाकिस्तानले खेलको सुरुदेखि नै उत्कृष्ट प्रदर्शन गर्दै भारतमाथि दबाब बनाएको थियो। उसले पहिलो सेट २५-२१ ले आफ्नो पक्षमा पार्दा दोस्रो सेटमा २५-१७ को सहज जित निकाल्यो। तेस्रो सेटमा पनि काजाकिस्तानले आक्रामक खेल जारी राख्दै २५-१४ ले जित हात पार्दै फाइनल यात्रा तय गर्‍यो।


समूह बी काे उपाविजेाता बनेर सेमिफाइनलमा प्रवेश गरेकाे काजाकिस्तानले फाइनलमा सहज जित दर्ता गर्याे यता, भारत भने समूह ए काे विजेता बन्दै सेमिफाइनलकाे यात्रा तय गरेकाे थियाे। 


अब काजाकिस्तानले उपाधिका लागि फाइनलमा नेपाल र इरानबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Sri Lanka Women Sri Lanka Women 1 0 0
4 Laos Women Laos Women 1 0 0
🏆FIFA World Cup — Group I
1 France 3 9
2 Norway 3 6
3 Senegal 3 3
4 Iraq 3 0
सबै समूह →