← समाचारमा फर्कनुस्
Football Jun 15, 2023 · Shishir

सिन्धुकप फुटबल प्रतियोगिता : एपिएफलाई हराउँदै काभ्रे उपाधि नजिक

सिन्धुकप फुटबल प्रतियोगिता : एपिएफलाई हराउँदै काभ्रे उपाधि नजिक

सिन्धुपाल्चोक । नवौं संस्करणको सिन्धुकप फुटबल प्रतियोगिता अन्तर्गत दोस्रो तथा अन्तिम सेमिफाइनलमा काभ्रे जिल्ला फुटबल संघले विभागिय टोली एपिएफ फुटबल क्लबलाई पराजित गरेको छ । 

सिन्धुपाल्चोक लामोसाघुस्थित बसन्तपुर मैदानमा सम्पन्न खेलमा काभ्रेले एपिएफलाई २-१ गोलले पराजित गरेको हो । काभ्रेको जितमा अबयोमी फकुनी र कप्तान समन श्रेष्ठले समान १/१ गोल गरे । यता एपिएफको लागि प्रदिप लामाले सान्त्वना गोल गरे । 

पहिलो हाफमै २-० गोलको अग्रता बनाएको काभ्रेले दोस्रो हाफमा भने एक गोल खाएको थियो । 

यो जितसँगै काभ्रले उपाधिका लागि श्री भगवती क्लब टोखासँग खेल्नेछ । फाइन खेलले आगामी शनिबार हुनेछ । 

युथ स्पोर्ट्स क्लबको आयोजना र सिन्धुपाल्चोक जिल्ला फुटबल संघको प्रविधिक सहयोग रहेको यस प्रतियोगिताको विजेताले नगद २ लाख र उपविजेताले नगद १ लाख पाउनेछन् । 

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →