← समाचारमा फर्कनुस्
एनएसएलमा काठमाडौंको पहिलो जित

काठमाडौं। काठमाडौं रेजर्सले नेपाल सुपर लिग (एनएसएल) मा पहिलो जित निकालेको छ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा मंगलबार सम्पन्न चौथो खेलमा काठमाडौंले प्रतियोगिताकै कमजोर टोली बुटवल लुम्बिनी एफसीविरुद्ध १–० को जित दर्ता गरेको हो।
यो नतिजासँगै तेस्रो स्थानमा उक्लिएको काठमाडौंले चार खेलबाट पाँच अंक पुर्याएको छ। समान खेल खेलेको बुटवलको भने एक अंक छ। बुटवल अंक तालिकामा पुछारमा छ।
गोलरहित बराबरीतर्फ उन्मुख खेलमा डिओपले निर्धारित समय सकिन दुई मिनेट बाँकी हुँदा गोल गरेका हुन्। भिन्सेन्ट कोजिइल्लोसँग तालमेल मिलाउँदै बक्स लाइननजिकबाट उनले प्रहार गरेको बललाई बुटवलका गोलकिपर दीप कार्कीले बचाउन सकेनन्।
AFC Asian Cup Qualifier
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 |
Laos Women |
1 | 0 | 0 |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |
Laos Women