← समाचारमा फर्कनुस्
Volleyball Sep 09, 2026 · Swadesh

काठमाडौंलाई दोश्रो सफलता

काठमाडौंलाई दोश्रो सफलता

नेपाल भलिबल लिग (एनभीएल) मा सोमबार काठमाडौंलाई दोश्रो जित हात पारेको छ । काठमाडौं रेड्सले सगरमाथालाई २५–१२, २२–२५, २५–१८ र २५–२० को सेटमा पराजित गर्दै दोश्रो जित दर्ता गऱ्यो । विजेताका अहमद मुस्तफा ‘म्यान अफ द म्याच’ चुनिए ।

काठमाडौंको ३ खेल पुगेको छ । मधेशलाई ३–२ ले हराएको काठमाडौं अन्नपूर्ण स्पाइकर किङ्ससंग सोझो सेटमा पछि परेको थियो । सगरमाथाको ४ खेलमा यो लगातार दोश्रो हार हो । सोमबार कर्णालीले सगरमाथालाई प्रतिस्पर्धात्मक खेलमा ३–२ ले हराएको थियो । सगरमाथाले पहिलो खेलमा मधेशलाई ३–१ तथा खप्तडलाई ३–० ले पन्छाएको थियो ।

प्रतियोगिताअन्तर्गत मंगलबार २ खेल हुनेछ । पहिलो खेल अन्नपूर्ण र खप्तड तथा दोश्रो खेल कर्णाली र काठमाडौंबीच हुनेछ ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →