काठमाडौं रेड्सलाई सफल

काठमाडौं रेड्सले एक्सट्रिम इनर्जी ड्रिंक नेपाल भलिबल लिग (एनभीएल) माशनिबार जित हात पारेको छ
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा भएको प्रतिस्पर्धात्मकखेलमा काठमाडौं रेड्सले मधेश वारियर्सलाई ३–२ ले पराजित ग¥यो । आफ्नोपहिलो खेलमा काठमाडौं २०–२५, २६–२४, २५–१७, २२–२५ र १६–१४ ले विजयीभयो ।
दुई खेलमा मधेशको यो लगातार दोश्रो हार हो । पहिलो खेलमा मधेश सगरमाथास्म्यासर्ससंग २५–२१, २५–२१, २३–२५ र २५–२१ ले चुकेको थियो । काठमाडौंरेड्सका अहमद मुस्ताफा खान ‘म्यान अफ द म्याच’ घोषित भए ।
नेपाल भलिबल संघको सहयोगमा केडिया ग्रुपद्वारा आयोजित प्रतियोगितामा ६पुरुष टिम सहभागी छन् । सहभागी टिमले पहिले सिंगल राउन्ड रोविन लिगकाआधारमा खेल्ने छन् । लिगमा शीर्ष स्थानमा रहने टोली फाइनलमा प्रवेश गर्ने छ ।शीर्ष दुई र तेश्रो स्थानमा रहने टोलीले फाइनल प्रवेशका लागि प्लेअफ खेल्ने छन् ।
नेपाल भलिबल लिगको कुल पुरस्कार राशी ३२ लाख रुपैयाँ रहेको छ । यो पुरस्कारनेपाली भलिबलकै इतिहासमा हालसम्मकै सर्वाधिक हो । विजेताले २० लाख नगदपुरस्कार प्राप्त गर्ने छ ।
एक्सट्रिम इनर्जी ड्रिंकको मुख्य प्रायोजनामा भइरहेको प्रतियोगिताको फाइनल भदौ२८ गते हुनेछ । कनेक्टेड वाइ एनसेल रहेको प्रतियोगिताको फ्लोरिङ पार्टनरमा यतीकार्पेट, इन्टरनेट पार्टनरमा वल्र्ड लिंक, एडुकेसन पार्टनरमामा डिएभी स्कुल, इन्सुरेन्सपार्टनरमामा हिमालय लाइफ इन्सुरेन्स, टुरिजम पार्टनरमा नेपाल टुरिजम बोर्ड, हेल्थपार्टनरमा रझान्स आयल र डिजिटल पार्टनरमा एक्स–ऐज रहेका छन् । पुरुषभलिबलको फ्रेनचाइज लिग नेपालमै पहिलोपटक भएको हो ।
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |