← समाचारमा फर्कनुस्
Volleyball Sep 06, 2026 · Swadesh

काठमाडौं रेड्स र सगरमाथा स्म्यासर्सलाई सफलता

काठमाडौं रेड्स र सगरमाथा स्म्यासर्सलाई सफलता

काठमाडौं रेड्स र सगरमाथा स्म्यासर्सले एक्सट्रिम इनर्जी ड्रिंक नेपाल भलिबललिग (एनभीएल) मा शनिबार जित हात पारेको छ ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा भएको प्रतिस्पर्धात्मकखेलमा काठमाडौं रेड्सले मधेश वारियर्सलाई ३–२ ले पराजित ग¥यो । आफ्नोपहिलो खेलमा काठमाडौं २०–२५, २६–२४, २५–१७, २२–२५ र १६–१४ ले विजयीभयो ।

दुई खेलमा मधेशको यो लगातार दोश्रो हार हो । पहिलो खेलमा मधेश सगरमाथास्म्यासर्ससंग २५–२१, २५–२१, २३–२५ र २५–२१ ले चुकेको थियो । काठमाडौंरेड्सका अहमद मुस्ताफा खान ‘म्यान अफ द म्याच’ घोषित  भए ।

अर्को खेलमा सगरमाथाले खप्तड फाल्कन्सलाई ३–० को सोझो सेटमा पराजितग¥यो । सगरमाथाले पहिलो र दोश्रो सेट समान २५–१८ ले आफ्नो पक्षमा पा¥यो। तेश्रो सेट सगरमाथाले २५–१९ ले जित्यो । दुई खेलमा सगरमाथाको योलगातार दोश्रो जित हो । पहिलो खेलमा सगरमाथाले मधेशलाई ३–१ ले पाखालगाउदै विजयी सुरुआत गरेको थियो । सगरमाथाका आइमल खान ‘म्यान अफद म्याच’ चुनिए । आइमल लगातार दोश्रोपटक ‘म्यान अफ द म्याच’ बनेका हुन् ।मधेश विरुद्धको खेलमा पनि अइमल ‘म्यान अफ द म्याच’ बनेका थिए ।

प्रतियोगिता आइतबार दुई खेल हुनेछ । पहिलो खेलमा अन्नपूर्ण स्पाइकरकिङ्सले काठमाडौं रेड्सको सामना गर्ने छ । दोश्रो खेल कर्णाली शिवराज रखप्तड फाल्कन्सबीच हुनेछ ।

नेपाल भलिबल संघको सहयोगमा केडिया ग्रुपद्वारा आयोजित प्रतियोगितामा ६पुरुष टिम सहभागी छन् । सहभागी टिमले पहिले सिंगल राउन्ड रोविन लिगकाआधारमा खेल्ने छन् । लिगमा शीर्ष स्थानमा रहने टोली फाइनलमा प्रवेश गर्ने छ ।शीर्ष दुई र तेश्रो स्थानमा रहने टोलीले फाइनल प्रवेशका लागि प्लेअफ खेल्ने छन्।

नेपाल भलिबल लिगको कुल पुरस्कार राशी ३२ लाख रुपैयाँ रहेको छ । योपुरस्कार नेपाली भलिबलकै इतिहासमा हालसम्मकै सर्वाधिक हो । विजेताले २०लाख नगद पुरस्कार प्राप्त गर्ने छ ।

एक्सट्रिम इनर्जी ड्रिंकको मुख्य प्रायोजनामा भइरहेको प्रतियोगिताको फाइनलभदौ २८ गते हुनेछ । कनेक्टेड वाइ एनसेल रहेको प्रतियोगिताको फ्लोरिङपार्टनरमा यती कार्पेट, इन्टरनेट पार्टनरमा वल्र्ड लिंक, एडुकेसन पार्टनरमामाडिएभी स्कुल, इन्सुरेन्स पार्टनरमामा हिमालय लाइफ इन्सुरेन्स, टुरिजम पार्टनरमानेपाल टुरिजम बोर्ड, हेल्थ पार्टनरमा रझान्स आयल र डिजिटल पार्टनरमाएक्स–ऐज रहेका छन् । पुरुष भलिबलको फ्रेनचाइज लिग नेपालमै पहिलोपटकभएको हो ।


AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →