← समाचारमा फर्कनुस्
Volleyball Sep 08, 2026 · Swadesh

अन्नपूर्णलाई दोश्रो सफलता, कर्णाली अपराजित

अन्नपूर्णलाई दोश्रो सफलता, कर्णाली अपराजित

अन्नपूर्ण स्पाइकर किङ्सले एक्सट्रिम इनर्जी ड्रिंक नेपाल भलिबल लिग (एनभीएल) मासोमबार जित हात पारेको छ ।

एक्सट्रिम इनर्जी ड्रिंकको मुख्य प्रायोजन तथा केडिया ग्रुपको आयोजनामा त्रिपुरेश्वरस्थितराष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा भइरहेको प्रतियोगितामा अन्नपूर्णले मधेशवारियर्सलाई २५–१६, ३१–२९, २५–२२ र २५–२१ को सेटमा पराजित ग¥यो । अन्नपूर्णकाउरनबायर ‘म्यान अफ द म्याच’ घोषित भए । उनी लगातार दोश्रो पटक ‘म्यान अफ दम्याच’ बनेका हुन् । काठमाडौं रेड्स विरुद्ध पनि उनी ‘म्यान अफ द म्याच’ बनेका थिए ।

३ खेलमा अन्नपूर्णको दोश्रो जित हो । आफ्नो दोश्रो खेलमा अन्नपूर्णले काठमाडौंरेड्सलाई ३–० को सोझो सेटमा हराएको थियो । पहिलो खेलमा अन्नपूर्ण कर्णालीशिवराजसंग ३–१ ले चुकेको थियो ।

मधेश भने हालसम्म जितविहीन छ । मेधशले पनि ३ खेल खेलिसकेको छ । मधेश पहिलोखेलमा सगरमाथा स्म्यासर्ससंग ३–१ तथा काठमाडौं रेड्ससंग ३–२ ले पछि परेको थियो ।

कर्णालीको अपराजित यात्रा कायमै ः

अपराजित दुई टोली कर्णाली शिवराज र सगरमाथा स्म्यासर्सबीचको खलेलमा कर्णाली३–२ ले विजयी भयो । लगातार तेश्रो खेलमा जित हात पार्ने क्रममा कर्णालीले २५–१६, २३–२५, २५–२३, १९–२५ र १५–९ को प्रदर्शन ग¥यो । कर्णालीका मार्की खेलाडी पहलगहतराज ‘म्यान अफ द म्याच’ चुनिए ।

यो खेलअघिसम्म सगरमाथा पनि अपराजित थियो । दुवै टोलीले समान ३–३ खेल खेलेकाछन् । जारी लिगमा कर्णाली एक मात्र अपराजित टोली हो । यसअघि कर्णालीलेअन्नपूर्णलाई ३–१ तथा खप्तड फाल्कन्सलाई ३–० ले पाखा लगाएको थियो ।सगरमाथाले मधेशलाई ३–१ तथा खप्तडलाई ३–० ले पन्छाएको थियो ।

प्रतियोगिताअन्तर्गत मंगलबार खप्तड र मधेश तथा काठमाडौं रेड्स र सगरमाथाबीच खेलहुनेछ ।

नेपाल भलिबल संघको सहयोगमा केडिया ग्रुपद्वारा आयोजित प्रतियोगितामा ६ पुरुष टिमसहभागी छन् । सहभागी टिमले पहिले सिंगल राउन्ड रोविन लिगका आधारमा खेल्ने छन् ।लिगमा शीर्ष स्थानमा रहने टोली फाइनलमा प्रवेश गर्ने छ । शीर्ष दुई र तेश्रो स्थानमा रहनेटोलीले फाइनल प्रवेशका लागि प्लेअफ खेल्ने छन् ।

नेपाल भलिबल लिगको कुल पुरस्कार राशी ३२ लाख रुपैयाँ रहेको छ । यो पुरस्कारनेपाली भलिबलकै इतिहासमा हालसम्मकै सर्वाधिक हो । विजेताले २० लाख नगदपुरस्कार प्राप्त गर्ने छ ।

कनेक्टेड वाइ एनसेल रहेको प्रतियोगिताको फ्लोरिङ पार्टनरमा यती कार्पेट, इन्टरनेटपार्टनरमा वल्र्ड लिंक, एडुकेसन पार्टनरमामा डिएभी स्कुल, इन्सुरेन्स पार्टनरमामा हिमालयलाइफ इन्सुरेन्स, टुरिजम पार्टनरमा नेपाल टुरिजम बोर्ड, हेल्थ पार्टनरमा रझान्स आयल रडिजिटल पार्टनरमा एक्स–ऐज रहेका छन् । पुरुष भलिबलको फ्रेनचाइज लिग नेपालमैपहिलोपटक भएको हो । फाइनल भदौ २७ गते हुनेछ ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →