← समाचारमा फर्कनुस्
Football Sep 18, 2024 · Swadesh

कर्णालीको पहिलो जित, पुलिस हारबाट जोगियो

कर्णालीको पहिलो जित,  पुलिस हारबाट जोगियो

काठमाडौं । कर्णाली प्रदेशले जारी एन्फा महिला लिगमा पहिलो जित हासिल गरेको छ भने विभागीय टोली नेपाल पुलिस क्लब बराबरीमा रोकिएको छ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा बुधबार भएको खेलमा कर्णालीले सुदूरपश्चिम प्रदेशलाई ३–० ले पराजित गरेको हो।

कर्णालीको जितमा भूमिका बुढाथोकी, गरिमा राई र वर्षा ओलीले गोल गरिन्।

जितसँगै ६ खेलमा चार अंक जोडेको कर्णाली नवौं तथा ६ खेलमा पराजित सुदूरपश्चिम विना अंक पुछारमा छ।

खेलको २४औं मिनेटमा भूमिकाको गोलमार्फत कर्णालीले अग्रता लिएको थियो। 

बुधबारै सम्पन्न पहिलो खेलमा खेलमा विभागीय टोली नेपाल पुलिस क्लब चन्द्रपुर नगरपालिकासँग गोलरहित बराबरीमा रोकियो छ। गोलकिपर उषा नाथले पेनाल्टी बचाउँदा पुलिस चन्द्रपुर नगरपालिकासँग हार जेगिएको हो। 

६ खेल सकिँदा पुलिस १२ अंकका साथ तेस्रो र चन्द्रपुर समान खेलबाट सात अंक जोड्दै छैटौं स्थानमा यथावत छन्।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →