← समाचारमा फर्कनुस्
Martial Arts Sep 05, 2026 · Swadesh

कराते टोली जापान प्रस्थान

कराते टोली जापान प्रस्थान

कराते टोलीले जापानमा हुने २० औं एसियाली खेलकुदको थप तयारी जापानमै गर्ने भएको छ । जापानको टोकियोस्थित विश्व सितोरियो करातेको मेन डोजोमा टोली सेप्टेम्बर ६ देखि १६ तारिखसम्म प्रशिक्षणरत रहने छ । टोली शुक्रबार जापान प्रस्थान गरेको छ । एसियाडमा नेपालबाट सहभागी हुने २२ खेल मध्ये जापान पुग्ने कराते टोली पहिलो हो ।

टोकियोबाट कराते टोली एसियाडमा सहभागी हुन सेप्टेम्बर १७ तारिख नागोया पुग्ने छ । कराते सेप्टेम्बर २० देखि २३ तारिखसम्म हुनेछ ।

पुरुष ५५ केजीमुनि राकेश मानन्धर, ६० केजीमुनि मिनबहादुर तामाङ, ८४ केजीमाथि तेन्जिङ शेर्पाले प्रतिस्पर्धा गर्ने छन् । महिला ६८ केजीमाथि १९ औं एसियाडकी ऐतिहासिक रजत विजेता एरिका गुरुङ, ६८ केजीमुनि निरुपा दोङ तामाङ र एकल कातामा सानुमाया थिङले नेपालको चुनौती प्रस्तुत गर्ने छन् । सानुमायासहित एलिसा रास्कोटी र मेघा लिम्बूले टिम कातामा पनि सहभागिता जनाउने छन् । 

प्रशिक्षकमा कुशल श्रेष्ठ र मन्डेकाजी श्रेष्ठ छन् । एसियाडको करातेपछि यही टोली जापानकै योकोहामामा सेप्टेम्बर २५ देखि २७ तारिखसम्म विश्व सितोरियो कराते महासंघको आयोजनामा हुने ११ औं सितोरियो कराते अन्तर्राष्ट्रिय च्याम्पियनसिपमा सहभागी हुनेछ । एसियाली खेलकुदको फरक संस्करणमा नेपालले हालसम्म १ रजत र ३ कांस्य पदक जितेको छ ।

टोलीलाई शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेल, राष्ट्रिय खेलकुद परिषद् (राखेप) का उपाध्यक्ष विशाल श्रेष्ठ, राखेपका सदस्य–सचिव रामचरित्र मेहता, शिक्षा तथा खेलकुद मन्त्रालयका प्रमुख सल्लाहकार सिद्धी व्यञ्जनकार र सल्लाहकार राजु सिंह, राखेपका पूर्व सदस्य–सचिव एवं नेपाल कराते महासंघका अध्यक्ष युवराज लामा, राखेप कार्यकारी समितिकी सदस्य सिक्का सुवाल श्रेष्ठ, नेपाल कराते महासंघका महासचिव दावा गुरुङलगायतले शुक्रबारै त्रिभूवन अन्तर्राष्ट्रिय विमालस्थलमा बिदाइ गरे ।

कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री पोखरेलले खेलाडीबाट ठूलो आशा गरेपनि विना दबाब प्रतियोगितामा सहभागी हुन आग्रह गर्दै उत्कृष्ट नतिजाका लागि शुभकामना दिए ।

ऐतिहासिक पदक विजेता एरिकाले एसियाली खेलकुद महत्वपूर्ण प्रतियोगिता भएको बताउदै उत्कृष्ट नतिजाका प्रयासरत रहने बताइन् ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →