आयोजक टोली केपी एफसी केपी ओली कपको सेमिफाइनलमा प्रवेश

आयोजक टोली केपी एफसी केपी ओली कपको सेमिफाइनलमा प्रवेश गरेको छ। शनिबार एन्फा कम्प्लेक्समा भएको खेलमा जावलाखेल युथ क्लबलाई पेनाल्टी सुटआउटमा ५-४ गोल अन्तरले पराजित गरेको हो।
निर्धारित ९० मिनेट १-१ गोलको बराबरी भएपछि खेल पेनाल्टी सुटआउटमा गएको थियो ।
पेनाल्टीमा केपी एफसीका बिक्रम लामा, आदित्य शाक्य, अशोक खवास, लकेन लिम्बु र अनिल महर्जनले गोल गरे ।
जवालाखेलका सिमान्त थापा, समिराज थोकर, फोडे फोफाना र अब्दुलाजिज निशोनबोइभले गोल गरे ।
जावलाखेलका एनकोटो स्यानोउस मासोआबीको पेनाल्टी प्रहार गोलकिपर पूर्ण चेम्जोङले बचाएको थियो ।
पेनाल्टी अघि खेलको ४२ औं मिनेटमा राहुलले गोल गर्दै जावलाखेललाई सुरुआती अग्रता दिलाएका थिए ।
तर, खेलको ६८ औं मिनेटमा अजयी मार्टिन्सले गोल गर्दै केपी एफसीलाई १-१ गोलको बराबरीमा ल्याएका थिए ।
अब आयोजक टोलीले सेमिफाइनलमा मछिन्द्र फुटबल क्लबसँग प्रतिस्पर्धा गर्नेछ ।
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |