← समाचारमा फर्कनुस्
डी मारियाको ह्याट्रिकमा युभेन्ट्स अर्को चरणमा
इटालियन क्लब युभेन्ट्स युरोपा लिग फुटबलको राउण्ड अफ १६ मा प्रवेश गरेको छ ।
बिहीबार राति भएको नकआउट चरणको प्ले अफको दोस्रो लेगमा नान्टेसलाई ३-० ले हराउँदै समग्रमा ४-१ को जित सहित युभेन्ट्सले अन्तिम १६ मा स्थान बनाएको हो ।
युभेन्ट्सको जितमा एन्जल डी मारियाले ह्याट्रिक गरे ।
खेलको पाँचौं मिनेटमा डी मारियाले गोल गर्दै युभेन्ट्सलाई सुरुआती अग्रता दिलाएका थिए ।
खेलको १७ औं मिनेटमा एन पालोइसले रातो कार्ड पाएपछि नान्टेस १० खेलाडीमा समेटियो ।
खेलको २० औं मिनेटमा डी मारियाले पेनाल्टीबाट गोल गर्दै युभेन्ट्सको अग्रता २-० को बनाए ।
त्यसपछि खेलको ७८ औं मिनेटमा डी मारियाले ह्याट्रिक पूरा गर्दै युभेन्ट्सलाई ३-० को जित दिलाए ।
अर्को इटालियन क्लब रोमा पनि राउण्ड अफ १६ मा प्रवेश गरेको छ ।
यस्तै स्पेनिस क्लब सेभियाले समेत अन्तिम १६ को यात्रा तय गरेको छ ।
AFC Asian Cup Qualifier
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |