TODAY
All Scores →
← समाचारमा फर्कनुस्
Other Sports May 19, 2026 · Swadesh

दोस्रो राष्ट्रिय जुनियर चेस च्याम्पियनसिप ६ गते देखि

दोस्रो राष्ट्रिय जुनियर चेस च्याम्पियनसिप ६ गते देखि

तुल्सीलाल स्मृति दोस्रो राष्ट्रिय जुनियर चेस च्याम्पियनसिप यही जेठ ६ गतेदेखि ९ गतेसम्म भक्तपुरस्थित सूर्यविनायक रिसोर्टमा आयोजना हुने भएको छ।


प्रतियोगिता नेपाल बुद्धिचाल महासंघको तत्त्वावधानमा ललितपुर स्पोर्ट्स क्लबको आयोजना तथा भक्तपुर जिल्ला बुद्धिचाल संघको स्थानीय व्यवस्थापनमा सञ्चालन हुनेछ।


खेलकुद बिकास परिषद् , बागमती प्रदेशको सहयोग रहेको प्रतिस्पर्धामा नेपालभरि २० वर्षमुनिका १५० भन्दा बढी खेलाडीहरूको सहभागिता रहने अपेक्षा गरिएको आयोजकले जनाएको छ।


स्पर्धा वर्ल्ड चेस फेडेरेशनको फिडे लज अफ चेस नियमअनुसार स्विस लिग प्रणालीमा सञ्चालन हुनेछ। प्रतियोगिता ७ देखि ९ चरणसम्म खेलाइनेछ भने प्रत्येक खेलमा ४५ मिनेट समय सहित प्रत्येक चालमा ३० सेकेन्ड इन्क्रिजमेन्ट रहने व्यवस्था गरिएको छ।


प्रतियोगिताका छात्र तथा छात्रा दुई विधामा विजयी खेलाडीलाई आकर्षक नगद पुरस्कारको व्यवस्था गरिएको छ। कुल नगद पुरस्कार राशी  रु. १ लाख ५५ हजार ५ सय रहेको छ।


ओपन छात्रतर्फ प्रथम हुने खेलाडीले नगद रु. ३० हजार तथा छात्रातर्फ प्रथम हुने खेलाडीले नगद रु. १५ हजार पुरस्कार प्राप्त गर्नेछन्। साथै विभिन्न उमेर समूह युवा १०, युवा १२, युवा १४, युवा १६ र युवा १८ वर्षका उत्कृष्ट खेलाडीहरूलाई समेत विशेष पुरस्कार प्रदान गरिनेछ।


काठमाडौं उपत्यका बाहिरका खेलाडीहरूलाई जेठ ६ देखि ९ गतेसम्म निःशुल्क बसोबासको व्यवस्था गरिएको आयोजक क्लबका अध्यक्ष हेराकाजी महर्जनले  जानकारी गराएको छन्।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA World Cup — Group B
1 Bosnia-Herzegovina 0 0
1 Canada 0 0
1 Qatar 0 0
1 Switzerland 0 0
सबै समूह →