TODAY
All Scores →
← समाचारमा फर्कनुस्
Cricket Apr 10, 2026 · Swadesh

जय ट्रफीमा अब ६ टिम सहभागी हुने

जय ट्रफीमा अब ६ टिम सहभागी हुने

काठमाडौं। नेपाल क्रिकेट संघ ९क्यान० ले सञ्चालन गर्दै आएको “जय ट्रफी मेन्स एलिट कप” प्रतियोगिताको ढाँचामा परिवर्तन गरेको छ। आगामी सिजनदेखि प्रतियोगितामा कुल ६ टोलीको सहभागिता रहने क्यानले जनाएको छ।


यसअघि प्रधानन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताका उत्कृष्ट ४ टोली मात्र जय ट्रफीमा सहभागी हुँदै आएका थिए। तर अब प्रतियोगितालाई थप प्रतिस्पर्धात्मक र व्यापक बनाउन टोली संख्या बढाएर ६ पुर्‍याइएको क्यानले स्पष्ट पारेको छ।


क्यानले जारी गरेको प्रेस विज्ञप्तिअनुसार यस परिवर्तनले घरेलु क्रिकेटको स्तर उकास्न र खेलाडीहरूलाई थप अवसर प्रदान गर्न सहयोग पुग्ने विश्वास लिइएको छ।


क्यानका प्रवक्ता छुम्बी लामाले हस्ताक्षर गरेको उक्त विज्ञप्तिमा आगामी सिजनदेखि नयाँ ढाँचाअनुसार प्रतियोगिता सञ्चालन गरिने उल्लेख गरिएको छ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Sri Lanka Women Sri Lanka Women 1 0 0
4 Laos Women Laos Women 1 0 0
🏆FIFA World Cup — Group I
1 France 3 9
2 Norway 3 6
3 Senegal 3 3
4 Iraq 3 0
सबै समूह →