← समाचारमा फर्कनुस्
Football Mar 10, 2023 · Nepalsports

जावलाखेलको लगातार दोस्रो जित

जावलाखेलको लगातार दोस्रो जित

सहिद स्मारक ‘ए’ डिभिजन लिगमा जावलाखेल युथ क्लबले लगातार दोस्रो जित निकालेको छ । एन्फा कम्प्लेक्स सातदोबाटोमा बिहीबार भएको खेलमा न्युरोड टिम एनआरटीलाई २-१ गोल अन्तरले पराजित गरेको हो। 

जावलाखेलको जितमा कप्तान सिमान्त थापा र फोडे फोफानाले एक एक गोल गरे । एनआरटीका सन्जिब विष्टले एक गोल फर्काए ।

खेलको ६८ औं मिनेटमा सिमान्तले गोल गर्दै जावलाखेललाई सुरुआती अग्रता दिलाएका थिए । खेलको ७७ औं मिनेटमा फोफानाले गोल गर्दा जावलाखेलले २-० ले अघि लिएको थियो ।

त्यसपछि खेलको ८० औं मिनेटमा एनआरटीका सन्जिबले गोल गर्दै २-१ को नतिजामा ल्याए ।

जितसँगै जावलाखेलले २ खेलमा ६ अंक जोडेको छ । एनआरटीको यो लगातार दोस्रो हार हो ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →