मच्छिन्द्र विरुद्ध जाउलाखेलको कमब्याक जित

काठमाडौ-
जारी सहिद स्मारक ए डिभिजन लिगमा साबिक विजेता मच्छिन्द्र पराजित भएको छ। त्रीपुरेश्वरस्थित दशरथ रंगशालामा आजको दोस्रो तथा अन्तिम खेलमा मच्छिन्द्र जावलाखेलसंग ३- १ गोल अन्तरले पराजित भएको छ।
प्रतिस्पर्धात्मक बनेको खेलको २३ औ मिनेटमा देबेन्द्र तामागंले गरेको उत्क्रष्ट फ्रिकिक गर्दै मच्छिन्द्रलाई सुरुवाती अग्रता लिएको थियो।
तर दोस्रो हाफमा आक्रमक बनेको जाउलाखेका हिसुब थपलियाले खेलको ५६ औ मिनेटमा सानदार गोल गर्दै खेललीई बराबरीमा फर्काए ।
त्यसको पॅाच मिनेट पनि बित्न नपाउदै जाउलाखेलबाट ६३ औ मिनेटमा एन्कोटो साइनस मास्वाबीले टिमका लागी अर्को गोल थपे।
७६ औ मिनेटमा जावलाखेलका कप्तान सिमन्त थापाले हेडिंग मार्फत गोल गर्दै टिमलाई ३-१ को स्थितिमा पुर्याए। त्यसपछि झन प्रतिस्पर्धात्मक बनेको खेलमा कुनै पनि टिमले गोल गर्न सकेनन्।
मच्छिन्द्रले आफ्ना तीन विदेशी खेलाडीलाई विस्राम दिएको थियो।
यो जीत संगै जाउलाखेलले लिगमा तीन अंक बटुल्दै गोल अन्तरको आधारमा शिर्ष स्थानमा उक्लिएको छ।
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |