← समाचारमा फर्कनुस्
Football Mar 25, 2023 · Nepalsports

विराट गोल्डकप : सडनडेथमा जावलाखेल विजयी

विराट गोल्डकप : सडनडेथमा जावलाखेल विजयी

विराट गोल्डकप फुटबलमा जावलाखेल युथ क्लबले सेमिफाइनलमा स्थान पक्का गरेको छ । शुक्रबार भएको खेलमा त्रिभुवन आर्मी क्लबलाई सडनडेथमा ६–५ गोल अन्तरले पराजित गर्दै जवालाखेलले अन्तिम चारमा स्थान पक्का गरेको हो । विराटनगरको शहीद रंगशालामा  निर्धारित समयमा दुवै टिमबाट गोलको खडेरी नतोडिए पछि अतिरिक्त समय हुँदै खेल टाइब्रेकरसम्म पुगेको थियो । 

टाइब्रेकरमा पनि दुवै टिमबाट ५–५ गोल भएपछि खेल सडनडेथमा पुगेको थियो । जसमा आर्मीका शेषेहाङ आङदम्बेले गरेको प्रहार पोष्टमाथि बाट गएको थियो । सोही प्रहार गोलमा परिणत नभएपछि आर्मी प्रतियोगिबाट बाहिरिँदा जावलाखेलका लागि निर्णायक गोल भने विशाल तामाङले गरेका थिए । आर्मीका लागि टंक बस्नेत, टेकबहादुर बुढाथोकी, जिलेस्पीजंग कार्की, शिशिर केसी र विकेश कुथुले सहजै गोल गरेका थिए।

जावलाखेलका लागि सिमान्त थापा, फोडे फोफाना, राहुल, छिरिङ लामा र समिराज थोकरले गोल गरेपछि ५–५ गोल भएको थियो । सडन डेथमा आर्मीका शेशेहाङले  गरेको प्रहार खेर जाँदा जावलखोलका लागि विशाल तामाङले निर्णायक गोल गरेका थिए ।

पहिलो र दोस्रो हाफ निकै प्रतिस्पर्धात्मक रहेको थियो । जावलाखेलले सुरुदेखि नै आर्मीमाथि दबबा बनाए पनि आर्मीले पनि निकै होसियारीपूर्वक खेल्दै हरेक रणनीति विफल पारेको थियो । आठौं मिनेटमा जवलाफेलले डी बक्स बाहिरको प्रहार असफल भएको थियो भने आर्मीका सुदीन राईले १२ औं मिनेटमा गरेको फ्रिकीक पनि सफल भएन । १५ औं मिनेटमा जावलाखेलको प्रहार बिफल भयो । २६ औं मनेटमा जिलेस्पीजंग कार्कीले गरेको प्रहार पोष्टमाथिबाट आउट भयो ।  

३९औं मिनेटमा जवलाखेलका हिसुब थपलियाले प्रहार गरेको कर्नरलाई सदुपयोग गर्ने अवसर गुमाएका थिए ।
पहिलो हाफमा आर्मीले एक र जावलाखेलले दुई कर्नर प्राप्त गरेका थिए । दोस्रो हाफमा दुवै टिमले पाएका मौका सदुपयोग गर्न नसक्दा खेल अतिरिक्त समयमा गएको थियो।

  १७ गतेसम्म चल्ने प्रतियोगिताको विजेताले २० लाख यसवर्षको उपाधि विजेताले २० लाख १५ हजार प्राप्त गर्दा उप विजेता हुने टिमले १० लाख २५ हजार रुपैयाँ प्राप्त गर्ने छ।

यसैगरी विधागत उत्कृष्ट खेलाडी तथा प्रशिक्षकलाई नगद २५ हजार रुपैया प्रदान गरिने छ ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →