TODAY
All Scores →
← समाचारमा फर्कनुस्
Football Jun 15, 2026 · Swadesh

नेदरल्यान्ड्ससँग जापानको उत्कृष्ट बराबरी

नेदरल्यान्ड्ससँग जापानको उत्कृष्ट बराबरी

जापानले दुई पल्ट पछाडि रहेको स्थितिबाट विश्वकप २०२६ मा सोमबार बलियो नेदरल्यान्ड्सलाई २–२ को बराबरीमा रोकेको छ । खेलको चारै गोल रोमाञ्चक र सनसनीपूर्ण दोस्रो हाफमा भएको हो ।

समूह एफ को डलासमा भएको खेलमा नेदरल्यान्ड्सले कप्तान भर्जिल भान डाइकको गोलले अग्रता लिएको थियो र समय थियो, ५१ औं मिनेट । तर यो लामो समय टिकेन् र केइतो नाकामुराले ५७ औं मिनेटमा बराबरी गोल फर्काए ।

क्रसेन्सिओ सुमेरभिलले ६४ औं मिनेटमा गोल गर्दै नेदरल्यान्ड्सलाई फेरि अगाडि राखे । तर यो अग्रता पनि टिकेन् र खेल सकिन एक मिनेट अगाडि दाइची कामादाले जापानका लागि फेरि गोल गरे । यससँग खेल उत्कृष्ट बराबरीमा टुंगेको थियो । यो नतिजासँगै दुवै टिमले एक एक अंक बटुलेका छन् ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA World Cup — Group F
1 Japan 1 1
1 Netherlands 1 1
3 Sweden 0 0
3 Tunisia 0 0
सबै समूह →