TODAY
All Scores →
← समाचारमा फर्कनुस्
Cricket Jun 07, 2026 · Swadesh

जेम्स स्कुल सेमिफाइनलमा

जेम्स स्कुल सेमिफाइनलमा

काठमाडौं। तेस्राे संस्करणकाे एसियन ई–लर्निङ ‘जयकुमारनाथ शाह स्मृति’ यु–१६ अन्तरस्कुल क्रिकेट प्रतियोगिता २०२६ अन्तर्गत आइतबार सम्पन्न क्वाटरफाइनल खेलमा जेम्स स्कुलले मोक्षदा स्कुललाई १० विकेटले पराजित गर्दै सेमिफाइनलमा स्थान सुरक्षित गरेको छ।


मोक्षदाले दिएकाे ९६ रनको लक्ष्य पछ्याएको जेम्सले कुनै विकेट नगुमाई मात्र ९.५ ओभरमा ९७ रन बनाउँदै शानदार जित हात पार्यो। स्वराज चौलागाईं ३० बलमा ४ चौका र १ छक्कासहित ३८ रनमा अविजित रहे भने सुदिश पौडेलले ३० बलमा ७ चौकाको मद्दतमा अविजित ४३ रन बनाए।


अलराउन्ड प्रदर्शन गरेका स्वराज चौलागाईं 'पिक पाेइन्ट प्लेयर अफ द म्याच' घोषित भए। यो जितसँगै जेम्स स्कुल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ। अब फाइनल प्रवेशकाे लागि डीएभी सुशील केडिया विश्व भारती स्कुलसँग साेमबार खेल्छ।


आजै हुने अन्तिम क्वाटरफाइनलमा नेपाल पुलिस स्कुलले रत्नराज्य माध्यमिक विद्यालयसँग खेल्नेछ।


त्यसअघि माथिल्लो मूलपानी क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको मोक्षदा स्कुलले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर ९५ रन बनाएको थियो। मोक्षदाका लागि ऋषुशाहा सुबेदीले अविजित ५१ रनको योगदान दिए। नेमस योञ्जनले १२ तथा सुयोग्य शाहले ८ रन जोडे।


जेम्सका प्रचेत लाखोटियाले उत्कृष्ट बलिङ गर्दै ४ ओभरमा १० रन खर्चेर ३ विकेट लिए। स्वराज चौलागाईंले ३ विकेट हात पारे भने प्रगव पाण्डे र रमन महेसेथले समान १–१ विकेट लिए।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA World Cup — Group B
1 Bosnia-Herzegovina 0 0
1 Canada 0 0
1 Qatar 0 0
1 Switzerland 0 0
सबै समूह →