जेम्स र डीएभी क्वाटरफाइनलमा, रत्न राज्यको पहिलो जित

काठमाडौं। काठमाडौं जिल्ला क्रिकेट संघको आयोजनामा जारी तेस्रो संस्करणको एसियन ई–लर्निङ ‘जयकुमारनाथ शाह स्मृति’ यु–१६ इन्टरस्कुल क्रिकेट प्रतियोगितामा जेम्स स्कुल र डीएभी सुशील केडिया विश्व भारती स्कुल क्वाटरफाइनलमा प्रवेश गरेका छन्। यता रत्न राज्य माध्यमिक विद्यालयले पनि पहिलाे जित दर्ता गरेको छ।
समूह ‘जी’ को विजेता बन्दै जेम्स स्कुल अन्तिम आठमा पुगेको हो। तल्लो मूलपानी अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा शुक्रबार सम्पन्न खेलमा जेम्सले लिभरपुल सेकेन्डरी स्कुललाई १० विकेटले पराजित गर्यो।
टस जितेर पहिले ब्याटिङ गरेको लिभरपुल १३ ओभरमा ५२ रनमै अलआउट भयो। उसका लागि युवराजकुमार झाले सर्वाधिक १९ रन बनाए भने प्रणव धामीले ९ तथा अभिषेक चौहानले ७ रन जोडे।
जेम्सका लागि स्वराज चौलागाईंले ३ विकेट लिए। प्रगव पाण्डेले २ विकेट हात पारे भने प्रचेत लाखोटिया, अञ्जन झा र आरव ज्ञवालीले समान १–१ विकेट लिए।
५३ रनको सामान्य लक्ष्य पछ्याएको जेम्सले मात्र ४ ओभरमा कुनै विकेट नगुमाई लक्ष्य पूरा गर्यो। स्वराज चौलागाईं ११ बलमा ४ चौकासहित २० रनमा अविजित रहे भने सुदिश पौडेल १३ बलमा १६ रन जोड्दै अविजित रहे। स्वराज चौलागाईं ‘पिक प्वाइन्ट प्लेयर अफ द म्याच’ घोषित भए।
यता, त्रिवि क्रिकेट मैदानमा सम्पन्न अर्को खेलमा डीएभीले रेडियन्ट रिडर्स स्कुललाई १७८ रनले पराजित गर्दै समूह ‘ए’ को विजेताका रूपमा क्वाटरफाइनलमा स्थान सुरक्षित गर्यो। डीएभीले लगातार दोस्रो जित दर्ता गरेको हो।
पहिले ब्याटिङ गरेको डीएभीले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै २५८ रनको विशाल योगफल खडा गरेको थियो। प्रसिद्ध जैशीले ५४ बलमा १७ चौका र ८ छक्कासहित १५२ रनको विस्फोटक इनिङ्स खेले। आरुष झाले अविजित ८० रन बनाए भने सत्याम बस्नेतले १५ रन जोडे।
२५९ रनको लक्ष्य पछ्याएको रेडियन्ट १८.३ ओभरमा ८० रनमा समेटियो। अनिल गुरुङले २७ तथा अनिल कुमार शाहले १७ रन बनाए।
डीएभीका कुनजन आचार्यले ३ विकेट लिए। तनिश शाह र प्रसिद्ध जैशीले समान २–२ विकेट लिए भने कमल शाही र केशव अग्रवालले १–१ विकेट हात पारे। प्रसिद्ध जैशी ‘पिक प्वाइन्ट प्लेयर अफ द म्याच’ घोषित भए।
माथिल्लो मूलपानी क्रिकेट मैदानमा सम्पन्न अर्को खेलमा रत्न राज्य माध्यमिक विद्यालयले संस्कृति इन्टरनेशनल स्कुललाई ९१ रनले पराजित गर्दै पहिलाे जित दर्ता गर्यो।
टस जितेर पहिले ब्याटिङ गरेको रत्न राज्यले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १९३ रन बनाएको थियो। एशिक चन्दले ५२ बलमा ११ चौका र १ छक्कासहित ८१ रन बनाए भने करण चौधरीले ६६ रनको महत्वपूर्ण योगदान दिए। उदयकुमार मण्डलले २४ रन जोडे।
जवाफमा संस्कृति निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १०२ रनमा सीमित भयो। गर्भ बहेती ४२ रनमा अविजित रहे भने दिपांशा मान श्रेष्ठ १० रनमा अविजित रहे।
रत्न राज्यका शौरभ यादव र दिपेश थापाले समान २–२ विकेट लिए भने बिकेश तामाङले १ विकेट हात पारे। एशिक चन्द ‘पिक प्वाइन्ट प्लेयर अफ द म्याच’ घोषित भए।

| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 |
Laos Women |
1 | 0 | 0 |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |
Laos Women