← समाचारमा फर्कनुस्
Cricket Jul 27, 2026 · Swadesh

आईएसएलको आधिकारिक ब्रोडकास्टिङ पार्टनर बन्यो कान्तिपुर, दोस्रो संस्करण भदौ २२ देखि

आईएसएलको आधिकारिक ब्रोडकास्टिङ पार्टनर बन्यो कान्तिपुर, दोस्रो संस्करण भदौ २२ देखि

काठमाडौं। नेपालकै पहिलो फ्रेन्चाइजमा आधारित इन्डोर क्रिकेट प्रतियोगिता इन्डोर सुपर लिग ९आईएसएल० को दोस्रो संस्करणका लागि कान्तिपुर म्याक्स एचडी आधिकारिक ब्रोडकास्टिङ पार्टनर बनेको छ। प्रतियोगिता आगामी भदौ २२ देखि २८ गतेसम्म आयोजना हुनेछ।

आयोजक काठमाडौं स्पोर्ट्स इभेन्ट्स प्रालि र कान्तिपुर मिडिया ग्रुपबीच सोमबार सम्झौता पत्रमा हस्ताक्षर भएको हो। सम्झौतासँगै प्रतियोगिताका सबै खेल कान्तिपुर म्यक्स एचडीबाट प्रत्यक्ष प्रसारण हुने भएको छन्। दोस्रो संस्करणलाई पहिलोभन्दा अझ भव्य, व्यवस्थित र अन्तर्राष्ट्रिय स्तरको बनाउने लक्ष्यसहित दुवै पक्षबीच सहकार्य भएको आयोजकले जनाएको छ।

सम्झौतापत्रमा काठमाडौं स्पोर्ट्स इभेन्ट्स प्रालिका प्रबन्ध निर्देशक ज्योति भण्डारी र कान्तिपुर मिडिया ग्रुपका बिजनेस हेड सागर केसीले हस्ताक्षर गरेका हुन्। सो कायक्रममा आईएसएल प्राविधिक निर्देशक रबिन्द्र गुप्ता र कान्तिपुर मिडिया ग्रुपका बजार ब्यवस्थापक अनुपम अधिकारीको पनि उपस्थिति रहेको थियो।

सम्झौतापछि प्रबन्ध निर्देशक भण्डारीले इन्डोर सुपर लिगलाई नेपालभित्र मात्र सीमित नराखी अन्तर्राष्ट्रिय पहिचान दिलाउने लक्ष्य रहेको बताए। “इन्डोर सुपर लिगलाई नेपालभित्र मात्र सीमित नराखी अन्तर्राष्ट्रिय पहिचान दिलाउने हाम्रो लक्ष्य हो। यसपटकको संस्करण खेल, मनोरञ्जन र व्यवस्थापनका हिसाबले अघिल्लो संस्करणभन्दा अझ उत्कृष्ट हुनेछ भन्ने हाम्रो विश्वास छ,” उनले भने।

यस संस्करणमा १० वटा फ्रेन्चाइज टोली सहभागी हुनेछन्। प्रतियोगितालाई थप आकर्षक बनाउन अमेरिकाकी अन्तर्राष्ट्रिय होस्ट, गायिका तथा गीतकार शाइस फ्लोयड नेपाल आउनेसमेत आयोजकले जनाएको छ। सन् २०२४ मा अमेरिकाको डलासमा आयोजित आईसीसी टी–२० विश्वकपका क्रममा नेपाली समर्थकमाझ चर्चित बनेकी फ्लोयडले यसपटक आईएसएलको दोस्रो संस्करण सञ्चालन गर्नेछिन्।

आयोजकले यसअघि नै काठमाडौंको अनमोल ब्याङ्क्वेट, शंखमूलमा खेलाडी अक्सन सम्पन्न गरिसकेको छ। भने राष्ट्रिय महिला भलिबल टोलीकी स्पाइकर उषा भण्डारीलाई ब्रान्ड एम्बासडरमा नियुक्त गरेको थियो। प्रतियोगिता यसअघि भदौ १७ गतेदेखि गर्ने तयारी भए पनि प्राविधिक कारणले एक सातापछि सारिएको आयोजकले जनाएको छ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →