TODAY
All Scores →
← समाचारमा फर्कनुस्
Other Sports Apr 12, 2026 · Swadesh

अन्तर्राष्ट्रिय चेसका निहाना श्रेष्ठलाई रजत पदक

अन्तर्राष्ट्रिय चेसका निहाना श्रेष्ठलाई रजत पदक
नेपालका उदियमान खेलाडी निहाना श्रेष्ठले ७ खेलबाट ५.५ अंक जोडेर आफ्नो व्यक्तिगत चौथो वोर्ड समूह स्पर्धामा नेपालको लागि रजत पदक जित्न सफल भएका छन्।


उनले अष्ट्रेलिया, भारत, हङकङ, उज्बेकिस्तानत, सिङ्गापुरका खेलाडी माथि सानदार जीत दर्ता गरेका छन् भने चिन विरुद्ध बराबरी तथा पाकिस्तानसँग एक मात्र हारको नतिजा निकाले सँगै देशको लागि रजत पदक जितेकी छिन्।
फिडे वर्ड स्कूल टिम चेस च्याम्पियनसिप अन्तर्गत एशियन कन्टिनेन्टल स्टेजको अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा नेपाली टोलीले भने मिश्रित खेल प्रस्तुत गरेका छन्।


काजकिस्तानको अल्माटिमा सम्पन्न आठ चरणको टिम प्रतिस्पर्धामा नेपाली टोलीले तीन जीत, एक बराबरी तथा चार खेलमा पराजित हुँदै ७ अंक स्कोर गरेका छन्।



नेपालका लागि गत संस्करणका राष्ट्रिय विजेता मार्भलस इङ्गलिस ब‍ोर्डिङ्ग स्कूलका ब्रिजनन्दन दास, कृष्टि रिजाल, आकाश शरन कुँवर, निहाना श्रेष्ठ र सुहानी सिंहले सहभागी जनाएका हुन्।
नेपाली टोलीको व्यवस्थापकमा महासंघका सदस्य निरञ्जन प्रजापति तथा प्रशिक्षकका रुपमा रिजेन्द्र राजभण्डारीले उक्त प्रतियोगितामा सहभागी भएका छन्।


नेपाली चेस टोलीले प्रतियोगितामा अष्ट्रेलियाको कार्लटोन गार्डेनस् स्कुल सँग २-२ स्कोरको बराबरी, भारतको डोलिङ्गो ड्रिमर्स स्कुललाई ३-१ स्कोर, उज्बेकिस्तानको एम एल् ख्वारिज्मि स्कूललाई ३-१, सिङ्गापुरको राफलेस् गर्ल्स प्राइमरी स्कुल विरुद्ध ३.५ - .५ को स्कोरमा जीत दर्ता गरेका छन्। 


यस्तै चाइना, पाकिस्तान, हङकङ र ताजकिस्तानको टोलीसँग कडा प्रतिस्पर्धात्मक खेलहरूमा हार व्यहोर्नु परेको छ।
एशिया, अफ्रिका, अमेरिका र युरोप गरी चार महादेशीय छनोट चरण पश्चात् प्रत्येक चरणको विजेता चार राष्ट्रिय टोलीले टोली डिसेम्बरमा ग्रान्ड फाइनलमा खेल्ने छ। जसमा एशियावाट उज्बेकिस्तानको विज्डम स्कूलले शीर्ष स्थानमा कब्जा जमाई छनौट हुन सफल भएको छ।


काजकिस्तान चेस फेडेरेशनको निमन्त्रणामा पुगेका महासचिव धरमबहादुर लामाले फिडे तथा अन्तर्राष्ट्रिय स्कूल चेस महासंघले सन् २०२६ लाई “यर अफ चेस इन स्कूल” घोषणा गरेर विश्वभरका विद्यालयस्तरमा चेस खेलको विकासलाई अझ विशेष महत्व दिएको बताएका छन्।


प्रतियोगितामा एशियन १९ राष्ट्रका २६ टोलीले सहभागी जनाएको अन्तर्राष्ट्रिय चेस खेलमा नेपालले २० औं स्थानमा रहँदै खेल अन्त्य गरेको नेपाल बुद्धिचाल महासंघका प्रवक्ता राजु ताम्राकारले जानकारी गराएका छन्।


ताम्राकारले निहाना श्रेष्ठ जस्ता प्रतिभावान युवा खेलाडीको उदयले आगामी संस्करणको अन्तर्राष्ट्रिय विद्यालय चेसमा अझ सशक्त उपस्थिति जनाउन पाब्सन मार्फत नेपालका विद्यालयहरुमा चेस खेललाई समावेश गाराउन अपील समेत गरेका छन् ।
AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA World Cup — Group B
1 Bosnia-Herzegovina 0 0
1 Canada 0 0
1 Qatar 0 0
1 Switzerland 0 0
सबै समूह →