TODAY
All Scores →
← समाचारमा फर्कनुस्
Basketball Dec 05, 2025 · Swadesh

अन्तर कलेज गर्ल्स बास्केटबलमा गोल्डेनगेट र ल्यान्डमार्क विजयी

अन्तर कलेज गर्ल्स बास्केटबलमा गोल्डेनगेट र ल्यान्डमार्क विजयी

काठमाडौं। गोल्डेनगेट इन्टरनेसनल कलेज र ल्यान्डमार्क एकेडेमीले दोस्रो अन्तर-कलेज गर्ल्स बास्केटबल प्रतियोगितामा बिहीबार जित हात पारेका छन् ।


एसियु र प्रोफेसनल एजुकेसन कन्सलटेन्सीको आयोजना तथा रोएल स्पोर्ट्स सेन्ट्रलको व्यवस्थापनमा रोएल स्पोर्ट्स सेन्ट्रलको कोर्टमा भएको दिनको पहिलो खेलमा ल्यान्डमार्कले कान्जिरोवालाई ३०-९ अन्तरले हरायो । ल्यान्डमार्क एकेडेमीले सृष्टी तामाङले १२ अंक स्कोर गरिन् । 


यस्तै दोस्रो खेलमा गोल्डेनगेटलले ब्लुबर्ड बलेजलाई ३३-२० ले पराजित गर्‍यो । गोल्डेनगेटका लागि प्रकृति खड्काले सर्वाधिक १४ अंक स्कोर गरिन् ।


प्रतियोगिता अन्तर्गत शुक्रबार लिग चरणका अन्तिम दुई खेलमा जेभियर इन्टरनेसनल कलेज र ल्यान्डमार्क एकेडेमी तथा कान्जिरोना नेसनल कलेज र ब्लुबर्ड कलेजबीच प्रतिस्पर्धा हुनेछ । सिंगल राउण्ड रोविनको आधारमा खेल भएपछि शीर्ष चार स्थानमा रहने टोलीले सेमिफाइनल खेल्नेछन् । फाइनल खेल डिसेम्बर ७ मा हुनेछ ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA World Cup — Group B
1 Bosnia-Herzegovina 0 0
1 Canada 0 0
1 Qatar 0 0
1 Switzerland 0 0
सबै समूह →