← समाचारमा फर्कनुस्
Football Aug 23, 2026 · Swadesh

इन्टर र नेपोली दुवै विजयी

इन्टर र नेपोली दुवै विजयी

इटालीको सिरी ए मा उपाधिका लागि बलियो चुनौती पेस गर्ने इन्टर मिलान र नेपोली दुवै शनिबार आ–आफ्नो पहिलो खेलमा विजयी रहे । डिफेन्डिङ च्याम्पियन इन्टरले मोन्जामाथि ४–१ को जित निकाल्यो र उपाधि रक्षा अभियान सुरु गर्न सफल रह्यो ।

इन्टरका लागि हाकान चाल्हान्ग्लुले छैटौं मिनेटमा गोलको खाता खोलेपछि मोन्जाका तर्फबाट गुलेर्मो भारेलाले बराबरी गोल फर्काए । त्यसपछिको इन्टरका लागि पिटर जेलेन्स्की, पिओ इस्पोसिटो र यान एरेल बिसेकले एक एक गोल थपे ।


नेपोलीले भने जेनोआलाई २–० ले हरायो । त्यसमा केभिन डे ब्रुएना र एन्टोनियो भेरागाराले गोल गरे । यस्तै कागलिरीले पार्मालाई १–० ले हरायो भने युडिनेजी र कोमोबीचको खेल भने १–१ को बराबरीमा टुंगियो ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →