← समाचारमा फर्कनुस्
Football Jun 22, 2023 · Nepalsports

सुनिल क्षेत्रीको ह्याट्रिकमा इण्डियाको जित

सुनिल क्षेत्रीको ह्याट्रिकमा  इण्डियाको जित

साफ च्याम्पियनसिप २०२३ अन्तर्गत इण्डिया र पाकिस्तान बिच भएको दोस्रो खेलमा इण्डियाले विजयी सुरुआत गरेको छ। बैंगलोरस्थित श्री कांतिराव स्टेडियममा बुधबार पाकिस्तानलाई ४-० गोलले पराजित गर्दै इण्डियाले सुखद सुरुआत गरेको हो ।

इण्डियाको जितमा कप्तान सुनिल क्षेत्रीले ह्याट्रिक गरे भने  उदान्त सिंहले एक गोल गरेको थियो।

इण्डियाले खेलको १०औं मिनेटमा पाकिस्तानी किपरको गल्तीको सजाय दिदै सुनिलले गोल गरेको थियो।  


त्यस्तै खेलको १६ औं मिनेटमा पाकिस्तानी खेलाडीको डिबक्स भित्र ह्यानबल भए पछि सुनिलले पेनाल्टीमार्फत व्यक्तिगत दोस्रो गोल गर्दा इण्डियाले २-० को अग्रता लिएको थियो।

खेलको ७४ औं मिनेटमा सुनिललाई डिबक्स भित्र लडाएकोले इण्डियालाई पेनाल्टी दिएको थियो र उक्तमा गोल गर्दै सुनिल क्षेत्री साफमा पहिलो ह्याट्रिक पुरागरे गरे। ह्याट्रिकसँगै सुनिलले आफ्नो ९० औं अन्तराष्ट्रिय गोल समेत पूरा गरे  ।

त्यसपछि खेलको ८१ औं मिनेटमा उदान्तले गोल गर्दै भारतलाई ४-० को जित दिलाएको थियो ।

जितसँगै समूह 'ए' मा रहेको भारतले पहिलो खेलमै ३ अंक जोडेको छ । यस अघि नेपाल र कुवेत बिच भएको खेलमा कुवेतले नेपाललाई पराजित गर्दै ३ अंक जोडेको छ। नेपाल र पाकिस्तान भने अंक विहिन रहेको छ।

अब भारतले दोस्रो खेलमा शनिबार नेपालसँग खेल्नेछ ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →