TODAY
All Scores →
← समाचारमा फर्कनुस्
Football Jun 06, 2026 · Swadesh

भारत फेरि वुमेन्स साफ च्याम्पियन

भारत फेरि वुमेन्स साफ च्याम्पियन

भारतले शनिबार छैटौं पल्ट वुमेन्स साफ च्याम्पियनसिपको उपाधि जित्ने क्रममा दुई पल्टको डिफेन्डिङ बंगलादेशलाई ३–१ ले पराजित गरेको छ । पण्डित जवाहरलाल नेहरु स्टेडियममा भाएको फाइनलमा भारतका लागि प्यारी सासा, सनफिदा र लिन्डाले एक एक गोल गरिन् ।


बंगलादेशका लागि ऋतुपोर्ना चक्माले एक गोल फर्काइन् । समूह चरणमा पनि भारतले बंगलादेशलाई ३–० ले हराएको थियो । पहिलो संस्करणदेखि पाँचौं संस्करणसम्म लगातार उपाधि जितेको भारत अहिले नवौं संस्करणमा आएर घरेलु मैदानमा फेरि विजेता बनेको छ ।


त्यसबीच भने बंगलादेश दुई पल्ट च्याम्पियन भएको हो । उसले पछिल्लो दुई संस्करण जितेको थियो । सन् २०१६ को फाइनलमा पनि भारतले बंगलादेशलाई नै हराएको हो ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA World Cup — Group B
1 Bosnia-Herzegovina 0 0
1 Canada 0 0
1 Qatar 0 0
1 Switzerland 0 0
सबै समूह →