← समाचारमा फर्कनुस्
दोस्रोमा बेंगलुरु बलियो

रोयल च्यालेन्जर्स बेंगलोरले शुक्रबार इन्डियन प्रिमियर लिग (आईपीएल) २०२६ माा गुजरात टाइटन्सलाई पाँच विकेट पराजित गर्दै अंक तालिकाको दोस्रो स्थानमा आफ्नो पकड बलियो बनाएको छ ।
बेंगलुरुमा भएको खेल जितेपछि उसको १० अंक भएको छ । पंजाव किंग्स ११ अंकमा शीर्ष स्थानमा छ भने समान १० अंकमा राजस्थान रोयल्स तेस्रो स्थानमा छ । गुजरात भने छ अंकमा सातौं स्थानमा रह्यो ।
साइ सुदर्शनको सय रनको मदतले पहिले ब्याटिङ गरेको गुजरातले तीन विकेटमा २ सय ५ रन बनाएको थियो । सुदर्शनले ५८ बलमा ११ चौका र पाँच छक्का प्रहार गरे ।
जवाफमा बेंलगुरुले १८.५ ओभरमा पाँच विकेट गुमाएर २ सय ६ रन बनायो । त्यसमा विराट कोहलीले सर्वाधिक ८० रन बनाए । उनको ४४ बलको इनिङ्समा आठ चौका र चार छक्का सामेल थियो ।
AFC Asian Cup Qualifier
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 |
Laos Women |
1 | 0 | 0 |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |
Laos Women