← समाचारमा फर्कनुस्
हैदरवादको जितमा अभिषेकको शतक

ओपनर अभिषेक शर्माले इन्डियन प्रिमियर लिग (आईपीएल) कै इतिहासमा बनाएको पाँचौं ठूलो व्यक्तिगत स्कोरको मदतले सनराइज हैदरावादले मंगलबार दिल्ली क्यापिटल्सलाई ४७ रनले पराजित गरेको छ ।
हैदरावादमा भएको खेलमा अभिषकले ६८ बलमा नटआउट रहेर १ सय ३५ रन बनाए र टिमले पहिले ब्याटिङ गर्दै दुई विकेटमा २ सय ४२ रन बनायो । उनले दस चौका र दस छक्का प्रहार गरे ।
त्यसको जवाफमा दिल्लीले नौ विकेटमा १ सय ९५ रन मात्र बनाउन सक्यो । हैदरावादका लागि इसान मलिंगाले ३२ रनमा चार विकेट लिए । यो जितपछि हैदरावाद आठ अंकमा तेस्रो स्थानमा उक्लेको छ भने दिल्ली छ अंकमा पाँचौं स्थानमा रह्यो ।
AFC Asian Cup Qualifier
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 |
Laos Women |
1 | 0 | 0 |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |
Laos Women