TODAY
All Scores →
← समाचारमा फर्कनुस्
Cricket May 23, 2026 · Swadesh

हैदरावादसँग बेंगलुरुको हार

हैदरावादसँग बेंगलुरुको हार

सनराइज हैदरावादले इन्डियन प्रिमियर लिगमा शुक्रबार रोयल च्यालेर्न्स बेंगलुरुलाई ५५ रनले हराएको छ । तर यसले अंक तालिाको शीर्ष तीनमा केही पनि फरक पारेन् । बेंगलुरु नै लिग तालिकाको शीर्षमा कायम रह्यो र उसको १८ अंक छ । हैदरावाद भने समान अंकमा तेस्रो स्थानमा रह्यो ।


गुजरात टाइटन्स पनि १८ अंकमै दोस्रोमा छ । तीनै टिम प्ले अफ पुगिसकेका छन् । त्यसमध्ये बेंगलुरु र गुजरातले पहिलो क्वालिफायर्स खेल्नेछन् । हैदरावदले भने इलिमिनेटरमा प्रतिस्पर्धा गर्नु पर्नेछ । चौथो टिमको भने निर्णय हुन बाँकी रहेको छ र राजस्थान रोयल्स १४ अंकमा चौथो स्थानमा छ ।


हैदरावादले पहिले ब्याटिङ गर्दै चार विकेटमा २ सय ५५ रन बनाएको थियो । इसान किसनले सर्वाधिक ७९ रन बनाए । जवाफमा बेंगलुरुले चार विकेट गुमाएर दुई सय रन मात्र बनाउन सक्यो । कप्तान रजत पाटिदारको ५६ रन यसमा सर्वाधिक ठूलो स्कोर रह्यो ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA World Cup — Group B
1 Bosnia-Herzegovina 0 0
1 Canada 0 0
1 Qatar 0 0
1 Switzerland 0 0
सबै समूह →