← समाचारमा फर्कनुस्
हलको अपराजित यात्रा कायम

हल सिटीले इंग्लिस प्रिमियर लिगमा शनिबार एस्टन भिल्लासँग गोलरहित बराबरी खेलेको छ र यसक्रममा आफ्नो तेस्रो खेलबाट सातौं अंक बटुलेको छ । बराबरी हलको अपराजित यात्रा पनि कायम रह्यो भने उसले तीन खेलमा कुनै गोल पनि खाएको छैन् ।
भिल्लाले भने तेस्रो खेल पुगेर पहिलो एक अंक बटुल्यो । त्यस अगाडि म्यानचेस्टर सिटीले लगातार तेस्रो जितका लागि कभेन्ट्री सिटीलाई १–० ले हराएको थियो । खेलको एक मात्र गोल इर्लिङ हालान्डले २६ औं मिनेटमा गरे ।
यो जितपछि सिटी तीन खेलबाट अधित्तम नौ अंकसहित शीर्ष स्थानमा रह्यो । उसको पछाडि हल रहेको छ । अर्को खेलमा क्रिस्टल प्यालेसले फुलहमलाई ३–२ ले हरायो । त्यस्तै ब्रेन्टफोर्डले सन्डरल्यान्डसँग १–१, ब्राइटनले लिड्स युनाइटेडसँग १–१ र नटिंघम फरेस्टले टोटनहमसँग गोलरहित बराबरी खेले ।
AFC Asian Cup Qualifier
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |