TODAY
All Scores →
← समाचारमा फर्कनुस्
Basketball May 13, 2025 · Swadesh

एचजेबीएलमा हाउण्ड्सको लगातार तेस्रो जित

एचजेबीएलमा हाउण्ड्सको लगातार तेस्रो जित

३० बैशाख, काठमाडौं । हाउण्ड्स एकेडेमीले हिमालयन जाभा बास्केटबल लिग (एचजेबीएल) मा लगातार तेस्रो जित हात पारेको छ । 

कीर्तिपुर कभर्डहलमा मंगलबार भएको खेलमा हाउण्ड्सले सामाखुशी युथ क्लबलाई ९८-७२ ले पराजित गरेको हो । 

हाउण्ड्सले गत साता रोएल्स र टाइम्स बास्केटबल क्लबलाई पराजित गरेको थियो । 

लगातार तेस्रो जितपछि हाउण्ड्स ९ अक जोडेर शीर्ष स्थानमा छ । सामाखुशीकव भने यो लगातार तेस्रो हार हो । अकविहिन सामाखुशी पूछारमा छ । 

सामाखुशी विरुद्ध सुरुवातदेखि नै अग्रता लिएको हाउण्ड्सले चारै क्वाटर आफ्नो पक्षमा पारेको थियो ।  

हाउण्ड्सले पहिलो क्वाटरमा २६, दोस्रो क्वाटरमा २३ अंक जोडेको थियो । यस्तै तेस्रोमा २४ र चौथो क्वाटरमा २५ अंक जोडेको थियो । सामाखुशीले चारै क्वाटरमा समान १८ अंक जोडेको थियो । 

हाउण्ड्सका लागि विजय बुर्जाले सर्वाधिक २२ अंक स्कोर गरे । सामाखुशीका लागि विक्रम डंगोलले १५ अंक स्कोर गरे । 

खेलको मोस्ट भ्यालुएबल प्लेअर हाउण्ड्सका दिप्सन केसी घोषित भए । 

एचजेबीएलमा बुधबार रोएल्स र टाइम्स बास्केटबल क्लब तथा गोल्डेनगेट बास्केटबल क्लब र कीर्तिपुर बास्केटबल क्लबबीच प्रतिस्पर्धा हुनेछ ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA World Cup — Group B
1 Bosnia-Herzegovina 0 0
1 Canada 0 0
1 Qatar 0 0
1 Switzerland 0 0
सबै समूह →