← समाचारमा फर्कनुस्
Football Mar 08, 2023 · Nepalsports

हिमालयन शेर्पाद्वारा पुलिस पराजित

हिमालयन शेर्पाद्वारा पुलिस पराजित

काठमाडौ- जारी शहिद स्मारक ए डिभिजन लिग अनतर्गत दशरथ रंगशालामा आज भएको पहिलो खेलमा नेपाल पुलिस क्लब हिमालायन शेर्पासंग १-० गोल अन्तरले पराजित भएको छ।

खेलको अन्तिम समयमा थप गरिएको अतिरिक्त समयमा हिमालयन शेर्पाका डिफेन्डर अमृत श्रेष्ठले निर्णायक गोल गर्दै टिमलाई जित दिलीएका हुन्।

खेलको ३१ औ मिनेटमा पुलिसका डिफेन्डरले शेर्पाको खेलाडीलाई डिब्कसभित्र लडाएपछि शेर्पाले पेनाल्टी पाएको थियो। तर शेर्पाका निशान लिम्बुले पेनाल्टिलाई गोलमा परिणत गर्न नसकेपछि टिमलाई अग्रता दिलाउन सकेनन्।

त्यसपछि खेलको बांकी समय दुबै टोलिले राम्रो मौका बनाएर गोल गर्न सकेनन्।

यो जीतसंगै हिमालयन शेर्पाले लिगमा चार अंक जोडेको छ।
पुलिसको भने लिगमा यो लगातार दोस्रो हार हो।


AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →