रुकुम पश्चिम र हेल्प नेपालको लगातार दोस्रो जित

काठमाडौं। प्रधानमन्त्री कप एनभीए महिला तथा पुरुष भलिबल लिगको १०औं संस्करणमा रुकुम पश्चिम भलिबल ट्रेनिङ सेन्टर र हेल्प नेपाल स्पोर्ट्स क्लबले लगातार दोस्रो जित दर्ता गरेका छन्।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) कभर्डहलमा शनिबार सम्पन्न पुरुषतर्फको पहिलाे खेलमा रुकुम पश्चिमले कोशी प्रदेशलाई ३–० को सोझो सेटमा पराजित गर्यो।
रुकुमले २५–२३, २५–१७ र २५–२० ले खेल आफ्नो पक्षमा पार्दै लगातार दोस्रो जित निकाल्यो। यसअघि पहिलो खेलमा रुकुमले एपीएफ क्लबलाई पनि ३–० को सेटमा हराएको थियो।
यस्तै, साविक विजेता हेल्प नेपाल स्पोर्ट्स क्लबले खिल्जी युवा क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै लगातार दोस्रो जित दर्ता गर्यो। हेल्प नेपालले २५–१९, २५–२० र ३१–२९ ले जित निकाल्यो। यसअघि पहिलो खेलमा हेल्प नेपालले कोशी प्रदेशलाई ३–० को सेटमा हराएको थियो।
लगातार दोस्रो जितसँगै रुकुम पश्चिम र हेल्प नेपालले प्रतियोगितामा आफ्नो दाबेदारी थप बलियो बनाएका छन्।
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |