← समाचारमा फर्कनुस्
हालान्ड चम्किदा सिटीको शानदार जीत

काठमाडौँ- इङग्लिस प्रिमियर लिग अन्तर्गत इन्जुरीबाट फर्केका अर्लिङ हालान्ड चम्किदा म्यानचेस्टर सिटीले शानदार जीत निकालेको छ।
सिटीले घरेलु टोलि साउथह्याम्टनलाई ४-१ गोलअन्तरले पराजित गरेको हो। सिटीको जितमा हालान्डले दुई गोल गर्दा जुलियान अल्भारेज र ज्याक ग्रिलिसले १-१ गोल गरे। करिब २० दिनपछि चोटबाट फर्किएका हालान्डले चोटका कारण अन्तराष्ट्रिय खेल र प्रिमियर लिगमा लिभरपुलविरुद्धको खेल गुमाएका थिए। यो संगै हालान्डले डेब्यु लिगमा ३० गोल पुरा गरेका
जीतसंगै सिटीले आफ्नो उपाधि होड कायमै राखेको छ। सिटीले २९ खेलमा ६७ अंक जोड्दै दोस्रो स्थानमा रहेको छ। सिटी शिर्ष स्थानको आर्सनलभन्दा पाँचअंकले पछाडी रहेको छ। उता पराजित भएको साउथह्याम्टन तालिकाको पुच्छारमा रहेको छ। उसको ३० खेलमा मात्र २३ अंक रहेको छ।
AFC Asian Cup Qualifier
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |