← समाचारमा फर्कनुस्
Basketball Sep 15, 2023 · Shishir

ग्रिनल्यान्डको विजयी सुरुआत

ग्रिनल्यान्डको विजयी सुरुआत

आयोजक ग्रिनल्यान्डले १७ औं क्विक्स–ग्रिनल्यान्ड अन्तर विद्यालय बास्केटबल प्रतियोगितामा बिहीबार विजयी सुरुआत गरेको छ ।
जुनियर ब्वाइजमा ग्रिनल्यान्डले भद्रकालीलाई २६–१६ ले पराजित ग¥यो । त्यस्तै, किङडमले फ्लोरोसेन्टलाई १९–११, फेरिल्यान्डले इबीएलाई १८–११, गोल्डेनपिकले युनिभर्सिटीलाई ३०–२२, हिमरश्मीले बीएमसीएलाई १७–११, एन्जल्स हार्टले पारामाउन्टलाई १६–१४ र बीएनएले एलएनएलाई २५–१५ ले हराए ।
सिनियर ब्वाइजमा ग्रिनल्यान्ड ‘ए’ ले बीएनएलाई ४०–३५ तथा स्कोलर्स होमले ग्रिनल्यान्ड ‘बी’ लाई ४०–३३ ले पाखा लगाए ।
सिनियर गल्र्समा ग्रिनल्यान्डले एलएनएलाई २२–१७ तथा केभीकेएसएसले हिमालयलाई ३६–२६ ले पन्छाए । प्रतियोगिताको ग्रिनल्यान्डका प्रिन्सिपल थकिनकुमार गुरुङ, भाइस प्रिन्सिपल विनोद घिमिरे र संस्थापक रमेश पन्थीले निर्णायकलाई एक कार्यक्रमबीच बल हस्तान्तरण गरी उद्घाटन गरे ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →