← समाचारमा फर्कनुस्
Basketball Jun 06, 2023 · Nepalsports

ग्रिनल्यान्ड र ग्राम शिक्षा प्रिक्वाटरफाइनलमा

ग्रिनल्यान्ड र ग्राम शिक्षा प्रिक्वाटरफाइनलमा

ग्रिनल्यान्ड र ग्राम शिक्षा प्रथम बीएमसीए कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर ब्वाइजमा मंगलबार प्रिक्वाटरफाइनलमा प्रवेश गरेका छन् ।

ग्रिनल्यान्डले आयोजक बूढानीलकण्ठ मोडेल कम्युनिटी एकेडेमी (बीएमसीए) ‘ए’ लाई ४९–३१ ले पराजित  ग¥यो । ग्रिनल्यान्डको जितमा आशुतोष केसीले १० अंक योगदान गरे । छवि भोटेको १० अंक सहयोगमा ग्राम शिक्षाले सेवा सदनलाई २८–१८ ले हरायो ।

यससंगै सिनियर ब्वाइजमा प्रिक्वाटरफाइनल समीकरण पूरा भएको छ । प्रिक्वाटरफाइनलमा ग्रिनल्यान्डको भेट हिमालयन किङडमसंग हुनेछ भने ग्राम शिक्षाले बूढानीलकण्ठको सामना गर्ने छ । अन्य प्रिक्वाटरफाइनल युनिभर्सिटी र एचएचसीए, गोल्डेनपिक र टीआईए, सेन्ट जोसेफ र जुगल, भद्रकाली र आयोजक बीएमसीए ‘बी’, इडेन ब्रिज एकेडेमी र नव ज्ञान भूमि तथा भ्याली पब्लिक र स्कोलर्स होमबीच हुनेछ ।
गल्र्समा हिमालयन किङडमले सेन्ट जोसेफलाई २२–१७ ले पाखा लगायो । विजयी टिमका लागि फूलमाया लामाले ७ स्कोर गरिन् ।

जुनियर ब्वाइजमा हिमालयन किङडमले सेन्ट जोसेफलाई २३–१६ तथा एन्जल्स हार्टले बसुन्धरा नेसनल एकेडेमी (बीएनए) लाई २०–१६ ले पन्छाए । हिमालयन किङडमका लोप्साङले ११ तथा एन्जल्स हार्टका आदित पुनले ५ अंक जोडे ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →