← समाचारमा फर्कनुस्
चेल्सीका म्यानेजर ग्राहम पोटर बर्खास्त

शनिबार घरेलु मैदानमा एस्टन भिल्लासँग २–० ले पराजित भएपछि चेल्सीले म्यानेजर ग्राहम पोटरलाई सात महिनाभन्दा कम समयपछि बर्खास्त गरेको छ ।
सेप्टेम्बर ८ मा स्टामफोर्ड ब्रिजमा थोमस टुचेललाई प्रतिस्थापन गरेपछि यो ३१ खेलमा पोटरको यो ११ औं हार थियो।
चेल्सी प्रिमियर लिगमा ११ औं स्थानमा झरेको छ - शीर्ष चार भन्दा बाहिर १२ अंक - यो सिजन नयाँ खेलाडीहरूका लागि ५५० मिलियन पाउण्ड भन्दा बढी खर्च गरेका थिए।
पोटरलाई बर्खास्त गर्नमा क्लबका मालिकहरू उनी माथि "निराश" भएको कारण बताएका छन्।
चेल्सीले मंगलबार प्रिमियर लिगमा लिभरपुलसंग र १२ अप्रिलमा च्याम्पियन्स लिगको क्वार्टरफाइनलको पहिलो लेगमा रियल म्याड्रिडको सामना गर्नेछ।
यस सिजन प्रिमियर लिगमा १३ म्यानेजरहरू परिवर्तन भएका छन् - घिल्लो सिजन भन्दा तीन बढी - लेस्टरले आइतबार ब्रेन्डन रोजर्सलाई पनि बर्खास्त गरेको थियो।
AFC Asian Cup Qualifier
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |