← समाचारमा फर्कनुस्
Other Sports May 31, 2026 · Swadesh

गउफको चुनौती तेस्रो चरणमै समाप्त

गउफको चुनौती तेस्रो चरणमै समाप्त

डिफेन्डिङ च्याम्पियन कोको गउफ शनिबार फ्रेन्च ओपनको तेस्रो चरणमा टुंगेको छ । उनलाई अस्ट्रियाकी अनास्टासिआ पेटापेभाले ४–६, ७–६ र ६–४ ले स्तब्ध पारेकी हुन् ।


यससँग चौथो वरीयता प्राप्त अमेरिकी खेलाडीको उपाधि रक्षा अभियानमा पूर्ण विराम लागेको छ । अन्य खेलमा शीर्ष वरीयताका आरयना सबलेन्का र नाओमी ओसाका रहे । उनीहरू दुवै अन्तिम १६ पुगेका छन् ।


बेलारुसकी सबलेन्कासले डारिआ कासाट्किनालाई ६–० र ७–५ ले हराइन् । यस्तै जापानी १६ औं वरीयताकी ओसकाले भने अमेरिकाकी १८ वर्षीय खेलाडी इभान जोभिचमाथि ७–६, ६–७ र ६–४ ले संघर्षपूर्ण जित रचिन् ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →