प्रधानमन्त्री कप : गण्डकी प्रदेशको सहज जित

काठमाडौं। प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगिताअन्तर्गत गण्डकी प्रदेशले कर्णाली प्रदेशलाई ९ विकेटले पराजित गर्दै सहज जित हात पारेको छ।
कर्णालीले दिएको ७३ रनको सामान्य लक्ष्य गण्डकीले १३ ओभरमै मात्र एक विकेट गुमाएर पूरा गर्यो।
गण्डकीका सिब्रिन श्रेष्ठले आक्रामक ब्याटिङ गर्दै अविजित ४० रन बनाए भने दीपक डुम्रे २२ रनमा अविजित रहे। सुरुवाती विकेटका रूपमा अर्जुन कुमाल ६ रनमा आउट भए।
कर्णालीका लागि एक मात्र विकेट विपिन शर्माले लिए।
कर्णालीको कमजोर प्रदर्शन
टस जितेर ब्याटिङ रोजेको कर्णाली प्रदेश सुरुवातदेखि नै दबाबमा देखियो। टोली २५.२ ओभरमा मात्र ७२ रनमा समेटियो।
कर्णालीका लागि प्रकाश जैसीले अविजित १५ रन बनाउँदा कप्तान दिवान पुनले १४ रन जोडे। अर्जुन घर्तीले १३ रन बनाउनु बाहेक अन्य ब्याट्सम्यान चल्न सकेनन्।
विपिन खत्रीको घातक बलिङ
गण्डकीका विपिन खत्रीले उत्कृष्ट बलिङ गर्दै १० ओभरमा मात्र १८ रन दिएर ५ विकेट लिए। त्यसैगरी अपराजित पौडेल ले ३ विकेट तथा सुबास भण्डारी र कमल परियार ले समान १–१ विकेट लिए।
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |