TODAY
All Scores →
← समाचारमा फर्कनुस्
Other Sports Jun 05, 2026 · Swadesh

फ्रेन्च ओपन २०२६- उपाधि भिडन्तमा चवलिन्स्का र आन्द्रेभा भिड्दै

फ्रेन्च ओपन २०२६- उपाधि भिडन्तमा चवलिन्स्का र आन्द्रेभा भिड्दै

फ्रेन्च ओपन २०२६ ले महिला एकलमा नयाँ विजेता पाउने भएको छ । अब शनिबार हुने फाइनलमा माजा चवलिन्स्का र मिरा आन्द्रेभा भिड्ने भएका छन् । चवलिन्स्काले नयाँ इतिहास बनाउने क्रममा बिहीबार फाइनल यात्रा तय गरेकी हुन् ।


उनी प्रतियोगिताको १ सय १४ वर्ष लामो इतिहासमा फाइनल पुग्ने पहिलो क्वालिफायर खेलाडी पनि भएकी छिन् । वरीयताको १ सय १४ स्थानमा रहेकी पोल्यान्डकी चवलिन्स्काले डायना स्नाइडरलाई ७–६ र ६–४ ले पराजित गरिन् ।


त्यस अगाडि रुसकी १९ वर्षीया खेलाडी आन्द्रेभाले अर्को सेमिफाइनलमा मार्टा क्यास्ट्युकलाई ६–१ र ६–३ ले हराएकी थिइन् । उनी पनि आफ्नो खेल जीवनको पहिलो ग्रान्ड स्लामको फाइनल पुगेकी हुन् ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA World Cup — Group B
1 Bosnia-Herzegovina 0 0
1 Canada 0 0
1 Qatar 0 0
1 Switzerland 0 0
सबै समूह →