TODAY
All Scores →
← समाचारमा फर्कनुस्
Football Jun 09, 2026 · Swadesh

विश्वकप अगाडि फ्रान्सको जित

विश्वकप अगाडि फ्रान्सको जित

फ्रान्सले लिलमा भएको विश्वकप २०२६ अगाडिको आफ्नो अन्तिम मैत्रीपूर्ण खेलमा सोमबार उत्तरी आयरल्यान्डलाई ३–१ ले हराएको छ । यसमा बायर्न म्युनिकका खेलाडी माइकल ओलिसको ह्याट्रिक गरे । प्रशिक्षक डिडिएर डेसक्याम्पका लागि फ्रान्सेली भूमिमा यो अन्तिम खेल पनि रह्यो ।  


उनले १४ वर्षयता फ्रान्सेली टिम सम्हालेका छन् र अब विश्वकपको समाप्तीसँगै त्यो जिम्मेवारी छोड्दै छन् । ओलिसले भने ४३, ४९ र ७४ औं मिनेटमा गोल गरे । उत्तरी आयरल्यान्डका लागि प्याट्रिक केलीले एक गोल फर्काए ।


यस्तै अर्को मैत्रीपूर्ण खेलमा नेदरल्यान्ड्सले विश्वकपमा डेब्यु गर्ने क्रममा रहेको उज्वेकिस्तानलाई २–१ ले हराएको छ र यो संघर्षपूर्ण जित रह्यो । डच टिमका लागि कोडी गाक्पोले दोस्रो हाफमा पेनाल्टीबाट गरेको गोल निर्णायक रह्यो ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA World Cup — Group B
1 Bosnia-Herzegovina 0 0
1 Canada 0 0
1 Qatar 0 0
1 Switzerland 0 0
सबै समूह →