TODAY
All Scores →
← समाचारमा फर्कनुस्
Football Jul 05, 2026 · Swadesh

फ्रान्सले अब मोरक्कोको सामना गर्ने

फ्रान्सले अब मोरक्कोको सामना गर्ने

फ्रान्सले विश्वकप २०२६ मा आइतबार अन्तिम १६ को खेलमा पाराग्वेलाई १–० ले हराएको छ र प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ । अब अन्तिम आठको खेलमा फ्रान्सले मोरक्कोको सामना गर्नेछ र यो हेर्नलायक खेल रहनेछ ।

खेलको एक मात्र गोल केलियन एमबापेले ७० औ मिनेटमा गरे । पाराग्वेली खेलाडी डिएगो गोमेजले डेसियर डोएलाई लडाएपछि ‘भार’ को मदतले फ्रान्सलाई पेनाल्टीको अवसर दिएको थियो र त्यसलाई एमबापेले सजिलै गोलमा परिणत गरे ।

यो विश्वकपमा एमबापेको १९ औं गोल रह्यो । उपाधिको बलियो दावेदार रहेको फ्रान्सले पाराग्वेविरुद्ध त्यसै अनुसारको आक्रमण भने बुन्न सकेन् । हारपछि पाराग्वे अब घर फर्किनेछ । फ्रान्स भने विश्वकपको अन्तिम आठमा पुगेको यो लगातार चौथो पल्ट हो ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Sri Lanka Women Sri Lanka Women 1 0 0
4 Laos Women Laos Women 1 0 0
🏆FIFA World Cup — Group C
1 Brazil 3 7
2 Morocco 3 7
3 Scotland 3 3
4 Haiti 3 0
सबै समूह →