← समाचारमा फर्कनुस्
Football Mar 25, 2023 · Nepalsports

युरोकप छनोटः नेदरल्याण्ड्स विरुद्ध फ्रान्सको सानदार जित

युरोकप छनोटः नेदरल्याण्ड्स विरुद्ध फ्रान्सको सानदार जित

काठमाडौ- युरो कप छनोट अन्तर्गत राति भएको खेलमा फ्रान्सले नेदरल्याण्ड्सविरुद्ध ४-० को जित निकाल्दै सानदार सुरूआत गरेको छ।

फ्रान्सको घरेलु मैदान पार्क डेस प्रिन्सेसमा भएको खेलमा घरेलु टोलिका लागी कप्तान केलियन एम्पाप्पेले २ गोल तथा उपकप्तान एन्टोइन ग्रिजमन र डेअट उपमेकानोले समान एक-एक गोल गरे ।

यसअघि कप्तान रहेका गोलकिपर हुगो लोरिसले अन्तर्राष्ट्रिय फुटबलबाट संन्यास लिएपछि फ्रान्सले २४ वर्षीय एम्बाप्पेलाई कप्तानको जिम्मेवारी दिएको थियो। एम्बाप्पेले आफ्नो डेब्यु कप्तानीमै जित निकालन सफल भए।

खेलको इन्ज्युरी समयमा नेदरल्याण्ड्सले पेनाल्टीको अवसर पाए पनि मेम्फिस डिपाएले गोल गर्न सकेनन्।

यो जितसँगै समूह ‘बी’ मा फ्रान्सले ३ अंक जोडेको छ। उता नेदरल्याण्ड्स अंकविहीन छ ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →