← समाचारमा फर्कनुस्
भेट्रान फुटबलः फ्रिडम र कपन क्वार्टरफाइनलमा

काठमाडौं। साबिक विजेता फ्रिडम फाइटर र कपन भेट्रान दोश्रो वडा अध्यक्ष कप भेट्रान फुटबल प्रतियोगिताको क्वार्टरफाइनलमा प्रवेश गरेका छन् ।
काठमाडौं महानगरपालिका वडा ७ द्धारा आयोजित प्रतियोगितामा बिहीबार फ्रिडमले भूपु सैनिक, रुपन्देहीलाई ४-० ले पराजित गरेको हो । विजयी टोलीका लागि का लागि विकर्ण श्रेष्ठ, नरकुमार राई, राजकुमार केसी र सरोज थापाले समान एक गोल गरे ।
कपनले बिभिसी, बनेपालाई २-१ ले हरायो । कपनका देवराज नेपाली र पासाङ शेर्पाले गोल गरे । बिभिसीका सञ्जय राना मगरले एक गोल फर्काए ।
चावहिल स्पोर्ट्स क्लब र चारुमति युवा क्लबको प्राविधिक सहयोगमा चन्द्रविनायक पार्क, चावहिल मैदानमा भइरहेको प्रतियोगितामा चितवन, रुपन्देही र बौद्ध भेट्रानले पनि क्वार्टरफाइनलमा स्थान बनाए ।
AFC Asian Cup Qualifier
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |