← समाचारमा फर्कनुस्
फुटबल रंगशाला बनाउन सम्झौता

राष्ट्रिय खेलकुद परिषद् (राखेप) र बूढानीलकण्ठ नगरपालिकाबीच बूढानीलकण्ठ नगरपालिका वडा ४, पासीकोटमा फुटबल रंगशाला निर्माण गर्न त्रिपक्षीय सम्झौता भएको छ ।
राखेपका सदस्य–सचिव रामचरित्र मेहता, बूढानीलकण्ठ नगरपालिकाका प्रमुख मिठाराम अधिकारी र वडा ४ का अध्यक्ष श्रीराम केसीले सम्झौता पत्रमा हस्ताक्षर गरे ।
त्यस्तै, बूढानीलकण्ठ नगरपालिका खेलकुदमैत्री पालिका बनाउने अभियानलाई मूर्त रुपमा दिन विभिन्न खेलका पूर्वाधार बनाउने, खेलकुदका विभिन्न गतिविधिहरुमा आपसी सहयोग गर्न, विभिन्न प्रशासनिक र प्राविधिक विषयमा सहयोग र समर्थन गर्नेलगायतका विषयमा पनि सम्झौता भएको छ ।
AFC Asian Cup Qualifier
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |